BIZMANDU
www.bizmandu.com

दूरसंचार प्राधिकरणको रिक्त कानून सदस्यमा माओवादी निकट पोख्रेल नियुक्त

२०७९ चैत्र १४

दूरसंचार प्राधिकरणको रिक्त कानून सदस्यमा माओवादी निकट पोख्रेल नियुक्त
काठमाडौंको जमलमा रहेको नेपाल दूरसंचार प्राधिकरणको कार्यालय भवन

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणको रिक्त कानून सदस्यमा सरकारले कृष्णप्रसाद पोख्रेललाई नियुक्त गरेको छ। माओवादी निकट मानिएका पोख्रेललाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको संचार मन्त्रालय निकट स्रोतले जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

उनी महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलकै जोडबलमा सदस्य नियुक्त भएको स्रोत बताउँछ।

बोर्ड सदस्य बन्न पोख्रेलसहित प्रविण सुवेदी, संकल्प क्षेत्री, हेमकुमार श्रेष्ठ, मन्जुल गौतम (नेपाल) र सुभाष लामिछानेको आवेदन मन्त्रालयले स्वीकृत गरेको थियो।

स्वीकृत नाममध्ये मन्त्रालयले पोख्रेल, सुवेदी र लामिछानेको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो।

हेमकुमार श्रेष्ठले फेरि बोर्ड सदस्य बन्न आवेदन दिएका थिए। प्राधिकरणका बोर्ड सदस्य श्रेष्ठकै कार्यकाल सकिएपछि सो पद रिक्त थियो। श्रेष्ठलाई सरकारले २०७४ पुस २८ गते प्राधिकरणको बोर्ड सदस्यमा नियुक्त गरेको थियो।