BIZMANDU
www.bizmandu.com

सनराइज बैंकले पूर्वदेखि पश्चिमसम्म १०० वटा कार्यक्रम गरेर ग्लोबल मनी विक मनायो

२०७९ चैत्र १४

सनराइज बैंकले पूर्वदेखि पश्चिमसम्म १०० वटा कार्यक्रम गरेर ग्लोबल मनी विक मनायो
सनराइज बैंकले पूर्वदेखि पश्चिमसम्म १०० वटा कार्यक्रम गरेर ग्लोबल मनी विक मनायो


काठमाडौं। सनराइज बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ।

Tata
GBIME
NLIC

आफ्ना देशभरीका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैंकले जनाएको छ।

बैंकले ग्लोबल मनी विकको यस वर्षको नारा “प्लान योर मनी, प्लान योर फ्युचर” लाई अगाडि राखी बैंकिङ्ग सेवा, बचत, ऋण, विद्युतिय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरुलाई समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्घि, वित्तिय निर्णय गर्ने क्षमताको विकास, सानै देखि बचत गर्ने बानी, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिदाँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पुर्याउने बैंकको विश्वास छ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा एटीएम मार्फत आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।