BIZMANDU
www.bizmandu.com

सुन तोलामा एक हजार रुपैयाँले घट्यो, प्रति तोला एक लाख ८ हजार रुपैयाँ

२०७९ चैत्र १४

सुन तोलामा एक हजार रुपैयाँले घट्यो, प्रति तोला एक लाख ८ हजार रुपैयाँ
सुन तोलामा एक हजार रुपैयाँले घट्यो, प्रति तोला एक लाख ८ हजार रुपैयाँ


काठमाडौं। सुनको मूल्य दुई दिनयता क्रमिक रुपमा घट्न थालेको छ। मंगलबार अघिल्लो दिनको भन्दा तोलामा एक हजार रुपैयाँले घटेको छ।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको कारोबार मूल्य प्रति तोला एक लाख ८ हजार रुपैयाँ निर्धारण भएको छ।
सोमबार सुन तोलामा २ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला एक हजार ३ सय ६० रुपैयाँ रहेको थियो।

अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १९५७.२२ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २२.९७ डलरमा कारोबार भएको छ।