BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायो स्वीकृति

२०७९ चैत्र १४

महालक्ष्मी विकास बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायो स्वीकृति
महालक्ष्मी विकास बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायो स्वीकृति

काठमाडौं। महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ। धितोपत्र बोर्डबाट बैंकले बोर्डबाट एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारीका लागि स्वीकृति पाएको हो।

Tata
GBIME
Nepal Life

कुल ऋणपत्रमध्ये बैंकले ४० करोड बराबरको सर्वसाधरणलाई बिक्री गर्ने छ। बाँकी रहेको ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।

ऋणपत्रको परिपक्व अवधि १० वर्ष रहेको छ। ऋणपत्रका लागि बैंकले वार्षिक ११ प्रतिशत व्याजदर दिने छ। बैंकले पाकेको व्याज ६/६ महिनामा वितरण गर्ने छ। बैकले ऋणपत्र प्रति कित्ता १ हजार रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ।

ऋणपत्र कम्तिमा २५ कित्ता खरीद गर्नु पर्ने हुन्छ।