BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकले लगानी कोषको २५ हजार कित्ता संस्थापक सेयर बेच्दै, न्यूनतम ७१७ रुपैयाँ

२०७९ चैत्र १३

एनआइसी एसिया बैंकले लगानी कोषको २५ हजार कित्ता संस्थापक सेयर बेच्दै, न्यूनतम ७१७ रुपैयाँ
एनआइसी एसिया बैंकले लगानी कोषको २५ हजार कित्ता संस्थापक सेयर बेच्दै, न्यूनतम ७१७ रुपैयाँ


काठमाडौं। एनआइसी एसिया बैंकले आफ्नो स्वामित्त्वमा रहेको नागरिक लगानी कोषको २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। सेयर सिलबन्दी बोलकबोलमार्फत् बिक्री गरिने बैंकले जनाएको छ।

Tata
GBIME
NLIC

सेयरका खरिदका लागि बैंक वित्त र बीमा कम्पनीले बोलकबोलमा भाग लिन पाउने छन्। उनीहरुबाहेक अन्य कुनै कम्पनी, संस्था अथवा व्यक्तिले बोलकबोलमा भाग लिन नपाउने जनाइएको छ।  

बैंकले सेयरको न्यूनतम मूल्य ७१७ रुपैयाँ प्रतिकित्ता तोकेको छ। जस अनुसार सो मूल्यभन्दा कम राखेर बोलकबोल पेस गर्न मिल्दैन।

कम्तिमा एक हजार कित्ताका लागि आवेदन पेस गर्नुपर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि बोलकबोल पेस गर्न सकिन्छ।

बैंकले सोमबारदेखि बोलकबोल खुलाएको छ। दर्खास्त दिने म्याद चैत २० गतेसम्म छ। बोलकबोल आवेदन फारम एनआइसी एसिया क्यापिटलको कार्यालयबाट पाइने छ।