BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व बहन कार्यक्रम, बिभिन्न क्षेत्रलाई सहयोग

२०७९ चैत्र १३

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व बहन कार्यक्रम, बिभिन्न क्षेत्रलाई सहयोग
मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व बहन कार्यक्रम, बिभिन्न क्षेत्रलाई सहयोग


काठमाडौं। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै बिभिन्न कार्यक्रम गरेको छ। यस अन्तर्गत बैंकले देशका बिभिन्न क्षेत्रमा सामाजिक हितलाई ध्यानमा राख्दै सघाएको जानकारी दिएको हो।

Tata
GBIME
NLIC

बैंकले पोखरा महानगरपालिका ढलेपिपलस्थित भूतपूर्व सैनिक कृषि समूहलाई फोहोरमैला को अल्पकालीन व्यवस्थापनका लागि डस्टबिन उपलब्ध गराएको छ। यसैगरी ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी सन्देशमूलक बोर्डहरु हस्तान्तरण गरेको छ।

यसैगरी बैंकले घोराही उपमहानगरपालिका तेरोटे, दाङस्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई सीसीटीभी क्यामेरा जडानको लागि सहयोग गरेको छ भने विदुर नगरपालिका-९ पिपलटारको खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको जनाएको छ।

बैंकले विविध किसिमका सामाजिक सहयोगका कार्यलाई निरन्तरता दिने बताएको छ। हाल बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना ल्याएको छ ।

बैंकका अनुसार यस कर्जा योजनाअन्तर्गत २ करोडसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरु आवश्यक कागजात पुरा गरेको तीन कार्य दिनमै पाइने छ।