BIZMANDU
www.bizmandu.com

एयर इण्डियाको चरम लापरवाहीमा क्यानको एक्सन, भारतीय विमान महानिर्देशनालयलाई पत्र लेख्यो

२०७९ चैत्र १२

एयर इण्डियाको चरम लापरवाहीमा क्यानको एक्सन, भारतीय विमान महानिर्देशनालयलाई पत्र लेख्यो
एयर इण्डियाको चरम लापरवाहीमा क्यानको एक्सन, भारतीय विमान महानिर्देशनालयलाई पत्र लेख्यो


काठमाडौं। शुक्रबार एयर इण्डियाको दिल्ली-काठमाडौं उडान क्रममा देखिएको चरम लापरवाहीमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाही अघि बढाएको छ। प्राधिकरणले आइतबार एयर इण्डियाका चालकदललाई कारवाही अघि बढाउन भन्दै भारतीय विमान महानिर्देशनालयलाई पत्राचार गरेको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

Tata
GBIME
NLIC

‘यो अति संवेदनशील घटना हो। हामीले यहाँबाट यो उडानमा आवद्ध चालकदलको अनुसन्धान सुरु गरिसकेका छौं। कारवाही गर्ने भारतले नै हो। आजै भारतीय विमान महानिर्देशनालयलाई कारवाहीका लागि पत्राचार गरेका छौं। उताबाट आएको प्रतिक्रियाअनुसार यहाँ कारवाही अघि बढाउनेछौं।’-प्रवक्ता निरौलाले भने।

शुक्रबार नेपाल एयर स्पेस प्रवेश गरे लगत्तै एयर इण्डियाको जहाजले उचाई दुरी कायममा मनोमानी गरेपछि यो कारवाही अघि बढाइएको हो। शुक्रबार एयर इण्डियाको जहाजले निश्चित उचाई कायम नगरेको बताउँदै विमानस्थल प्रवक्ता सिटौलाले भने, ‘अस्ति नेपाल वायुसेवा निगम र एयर इण्डियाको जहाज सिमरा प्रवेश गर्दै थिए। एयर इण्डियाको जहाज १९००० फीट र निगमको जहाज १५००० फीट उचाईमा थियो। तर एयर इण्डियाले एटिसीको अनुमति नै नलिइ १००० फीट भन्दा कम उचाई भिन्नतामा तल आएको थियो।’

उनका अनुसार एयर इण्डियाको जहाज एक्कासी साढे १६ हजार फीटमा आएलगत्तै नेपाल वायुसेवा निगमको जहाज १४ हजार फीटमा उचाईमा गएको थियो।

उनका अनुसार पछिल्लो समय मुलुकमा अन्तर्राष्ट्रिय तर्फ दैनिक ८६ वटा उडान अवतरण हुँदै आएको छ।