BIZMANDU
www.bizmandu.com

गुराँस लाइफले बढायो लाभांश दर, १३.२७ प्रतिशत बोनस सेयर दिने घोषणा

२०७९ चैत्र १२

गुराँस लाइफले बढायो लाभांश दर, १३.२७ प्रतिशत बोनस सेयर दिने घोषणा
गुराँस लाइफले बढायो लाभांश दर, १३.२७ प्रतिशत बोनस सेयर दिने घोषणा


काठमाडौं। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश दर बढाएको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लाभांश अघिल्लो वर्षको तुलनामा बढाएको हो।

Tata
GBIME
NLIC

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरण र आगामी १३औँ वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात मात्र लगानीकर्ताहरुलाई वितरण गर्ने छ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष अर्थात २०७६/७७ मा लगानीकर्ताहरुलाई ७.४४ प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गरेको थियो।