BIZMANDU
www.bizmandu.com

बसन्त कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने सरकारको निर्णय

२०७९ चैत्र १०

बसन्त कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने सरकारको निर्णय
बसन्त कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने सरकारको निर्णय


काठमाडौं। प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त कुँवरलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको छ। शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले कुँवरलाई महानिरीक्षक बनाउने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

Tata
GBIME
NLIC

प्रहरी महानिरीक्षकका लागि ५ जना नायव महानिरीक्षकलाई फागुन २६ गते सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो। बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई अतिरिक्त महानिरीक्षकमा नियुक्त गरिएको थियो।

यिनै ५ जना एआइजी मध्येबाट सरकारले नेपाल प्रहरीको नयाँ प्रमुख नियुक्त गर्ने तयारी गरेकोमा अंकका आधारमा पहिलो स्थानमा रहेका कुँवरलाई सरकारले महानिरीक्षक बनाउने निर्णय गरेको हो।