BIZMANDU
www.bizmandu.com

सानिमा बैंकको सेयर १४५ रुपैयाँमै, ५ लाख कित्ता सेयर किन्न संस्थापकलाई प्राथमिकता

२०७९ चैत्र १०

सानिमा बैंकको सेयर १४५ रुपैयाँमै, ५ लाख कित्ता सेयर किन्न संस्थापकलाई प्राथमिकता
सानिमा बैंकको सेयर १४५ रुपैयाँमै, ५ लाख कित्ता सेयर किन्न संस्थापकलाई प्राथमिकता

काठमाडौं। सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख १० हजार कित्ता सेयर बिक्री आह्‍वान गरेको हो।

Tata
GBIME

बिक्रेताहरुले अपेक्षित मूल्य पनि निर्धारण गरेर निवेदन पेस गरेका छन्। प्रति कित्ता १४५ रुपैयाँको भाउमा बिक्री हुने जनाएको छ। न्यूनतम दुई लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकका विद्यमान संस्थापकले मात्र सेयर खरिद गर्न सक्नेछन्।

बैंकले ३५ दिने म्यादसहितको सूचना सार्वजनिक गरेको छ। उक्त अवधिभित्र सेयर बिक्री नभएर साधारण लगानीकर्ता र संस्थाहरुको लागि आह्‍वान हुने जनाएको छ।

बैंकले शुक्रबार सूचना निकालेको हो। इच्छुक संस्थापकले म्याद अवधिभित्र किन्न चाहेको सेयर कित्ता र आशय मूल्य सहितको निवेदन पेस गर्नुपर्नेछ। निवेदन बैंकको प्रधान कार्यलयमा बुझाउनुपर्नेछ।