BIZMANDU
www.bizmandu.com

मर्सीडिजले जी-क्लास एसयुभीलाई सानो साइज र इभीमा पनि ल्याउन काम थाल्यो

२०७९ चैत्र १०

मर्सीडिजले जी-क्लास एसयुभीलाई सानो साइज र इभीमा पनि ल्याउन काम थाल्यो
मर्सीडिजले जी-क्लास एसयुभीलाई सानो साइज र इभीमा पनि ल्याउन काम थाल्यो

काठमाडौं। मर्सिडिजले प्रतिष्ठित जी-क्लासबाट प्रेरित रग्ड एसयूभी उत्पादन गर्न काम सुरु गरेको छ। यो नयाँ एसयुभी जी-क्लासभन्दा सानो हुनेछ।

Tata
GBIME
Nepal Life

यो ब्रान्डको नयाँ ‘इंट्री लेभलको लक्जरी’ एसयुभी लाईन-अपको लागि फ्ल्यागशिप मोडलको रूपमा काम गर्नेछ। मर्सिडीजले नयाँ एसयूभीलाई विद्युतीय र इन्धन पावरट्रेन दुवै उपलब्ध गराउनेछ।

फुल साइजको ईक्युजीमा आधारित इन्धन-इन्जिन भएको जी-क्लासको ल्याडर-फ्रेम चेसिसको पुन: निर्माण गरिएको संस्करण प्रयोग गर्ने कम्पनीले जनाएको छ। यो अब बजारमा आउने सानो एसयुभी बहुमुखी मर्सिडीज मोड्युलर आर्किटेक्चर (एमएमए) प्लेटफर्ममा निर्माण हुनेछ। जसले नेक्स्ट-जेन मर्सिडीज-बेन्ज सीएलए र जीएलएलाई पनि जोड दिन्छ।

यो नयाँ एसयुभी मर्सिडीजको पाँचौं ‘इंट्री लक्जरियस’ मोडेल हुनेछ। यो एसयुभी अर्को तीन वर्षमा अनावरण गरिनेछ। यसले मर्सिडीजलाई बढ्दो लोकप्रिय विश्वव्यापी रग्ड क्रसओभर बजारमा राम्रो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

नयाँ कम्प्याक्ट एसयुभीमा ८०० भोल्ट आर्किटेक्चर हुनेछ जसले यसलाई ३५० किलोवाट चार्जरबाट ३० मिनेटभित्र १०-८० प्रतिशतसम्म चार्ज गर्न मद्दत गर्नेछ। नयाँ सिलिकन-एनोड ब्याट्रीको सम्भावना रहेको छ।

यो गाडीले फुल चार्जमा ११ सय २६ किलोमिटरको रेन्ज प्रदान गर्ने अनुमान गरिएको छ।

यसलाई माइल्ड-हाइब्रिड इन्धन संस्करणमा पनि प्रस्ताव गर्न सकिने कम्पनीले जनाएको छ। यो विद्युतीय सवारीका लागि विलासिता र अफ-रोड क्षमताको अनुपम संयोजन प्रदान गरिने कम्पनीको भनाइ छ।