BIZMANDU
www.bizmandu.com

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले, बाहिरिए जीवा लामिछाने

२०७९ चैत्र ९

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले, बाहिरिए जीवा लामिछाने
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले, बाहिरिए जीवा लामिछाने


काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा शेष घले नियुक्त भएका छन्। नेपाल गैरआवासीय संघका पूर्वअध्यक्ष घले गत सोमबारदेखि नियुक्त भएको कम्पनीले जनाएको हो।

Tata
GBIME
NLIC

घले र उनकी पत्नी अष्ट्रेलियाका धनाढ्यमध्ये गनिन्छन्। नेपालमा पनि विभिन्न क्षेत्रमा उनीहरुको लगानी छ। घलेको मुख्य लगानी रहेको एमआइटी ग्रुपमार्फत १२ अर्बको लागत अनुमान गरिएको सेराटन होटल निर्माणाधीन छ। 

यस्तै उनले एक अर्ब रुपैयाँको परोपकारी कार्य पनि अघि बढाएका छन्। एमआइटी ग्रुपले ग्रीन हाइड्रोजनमा पनि लगानी गरिरहेको छ। 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडमा जीवा लामिछानेले राजीनामा दिएर घलेलाई पद सुम्पिएका हुन्। लामिछानेले गत फागुन १७ गते राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो। लामिछाने पनि गैरआवासीय नेपाली संघको संस्थापक सदस्य हुन्।