BIZMANDU
www.bizmandu.com

कार्यव्यस्तता बढेको भन्दै निफ्राको संचालक समितिबाट बिदा भए चन्द्रप्रसाद ढकाल

२०७९ चैत्र ८

कार्यव्यस्तता बढेको भन्दै निफ्राको संचालक समितिबाट बिदा भए चन्द्रप्रसाद ढकाल
कार्यव्यस्तता बढेको भन्दै निफ्राको संचालक समितिबाट बिदा भए चन्द्रप्रसाद ढकाल

काठमाडौं। नेपाल पूर्वाधार बैंक (निफ्रा) को संचालक समितिबाट आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बाहिरिएका छन्। उनले स्वयम् राजीनामा दिएका हुन्। 

Tata
GBIME

ढकालले पछिल्लो समय बढ्दै गएको कार्यव्यस्ततालाई कारण बनाएर राजीनामा दिएका हुन्। मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले बुधबारबाट लागु हुनेगरि उनको राजीनामा स्वीकृत गरेको छ।

हाल निफ्राको सञ्चालक समितिमा ६ जना सदस्य छन्। जसको अध्यक्षता विशाल ग्रुपका निर्देशक अनुज अग्रवालले गरिरहेका छन्। नेपाल सरकारका तर्फबाट श्रीकृष्ण नेपाल बोर्ड सदस्य छन्।

बोर्डमा लीलामणि जोशी, शंकरप्रसाद अधिकारी, सुमन पोखरेल र लीमा अधिकारी आचार्य छन्।