BIZMANDU
www.bizmandu.com

सीडीएससीको निर्देशनपछि मर्चेन्ट बैंकहरुले धमाधम घटाउन थाले राफसाफ शुल्क

२०७९ चैत्र ८

सीडीएससीको निर्देशनपछि मर्चेन्ट बैंकहरुले धमाधम घटाउन थाले राफसाफ शुल्क
सीडीएससीको निर्देशनपछि मर्चेन्ट बैंकहरुले धमाधम घटाउन थाले राफसाफ शुल्क

काठमाडौं। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को निर्देशनपछि मर्चेन्ट बैंकहरुले धमाधम राफसाफ शुल्क घटाउन थालेका छन्।

Tata
GBIME
Nepal Life

सीडीएससीले गत फागुन २५ गते राफसाफ शुल्क घटाउन निर्देशन दिएपछि खुलामुखी सामूहिक लगानी योजना संचालन गर्दै आएका तीनवटा मर्चेन्ट बैंकहरुले राफसाफ शुल्क घटाएका हुन्।

बुधबार एनआइसी एसिया क्यापिटलले राफसाफ शुल्क घटाएको सूचना जारी गरेको छ। कम्पनीले एनआइसी एसिया म्युचुअल फन्ड अन्तर्गत ‘एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड’ नामक खुलामुखी योजना संचालन गर्दै आइरहेको छ।

खुलामुखी योजना भएकाले यस योजनाको कारोबार दोस्रो बजारमा हुँदैन। क्यापिटलले यस योजनाको प्रत्यक कारोबारको राफसाफ शुल्क २५ रुपैयाँ लिँदै आएको थियो। सीडीएससीको निर्देशनपछि चैत १ गतेबाट लागु हुने गरी प्रति कारोबार हस्तान्तरण शुल्क ५ रुपैयाँमा झारेको हो।

यस्तै, चैत १ गतेबाट लागु हुनेगरी एनआइबीएल सहभागिता फन्ड र एनएमबि म्युचुअल फन्डले पनि राफसाफ शुल्क २५ रुपैयाँबाट घटाएर ५ रुपैयाँमा झारिसकेका छन्।

‘खुलामुखी सामूहिक लगानी योजना कोष व्यवस्थापकले कारोबार गर्ने हो। यस्तो कारोबारको राफसाफमा डीपीको केही भूमिका नहुने अर्थात कोष व्यवस्थापकले नै राफसाफ गर्ने भएकाले डीपी शुल्क घटाएको हो,’ सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले भने,’अहिले खुलामुखी योजना संचालन गरिरहेका क्यापिटलले एसआइपी पनि संचालन गरिरहेका छन्। यसमा सानोसानो इकाइ ट्रान्सफर हुन्छ। एउटा कारोबारको २५ रुपैयाँ महँगो भयो।’

हालसम्म नेपालमा ६ वटा खुलामुखी सामूहिक लगानी योजना संचालनमा छन्। संचालनमा रहेका म्युचुअल फन्डमा एनआइबीएल सहभागिता फन्ड, एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, एनएमबि सरल बचत फन्ड-ई, शुभलक्ष्मी कोष र नबिल फ्लेक्सी क्याप फन्ड संचालनमा छन्।

राफसाफको शुल्क घटाएको विषयलाई खुलामुखी योजना संचालन गरिरहेका मर्चेन्ट बैंकहरुले पनि सकारात्मकरूपमा लिएका छन्।

एनआइसी एसिया क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख दामोदर रायमाझीले भने- ‘यो अफ मार्केट भएकाले यसको सेटलमेन्ट फन्ड म्यानेजर आफैंले गर्ने हो। नेपालमा खुलामुखी योजना भर्खरै सुरु भएको छ। यसमा कष्ट कम गरेर धेरैभन्दा धेरै लगानीकर्ताको सहभागीता बढाउन यो शुल्क कम गरिएको हो। हामी यस विषयमा सकारात्मक नै छौं।’