BIZMANDU
www.bizmandu.com

सुन तोलामा २ हजार घट्यो, बुधबार तोलाको एक लाख ७ हजार ८ सय कायम

२०७९ चैत्र ८

सुन तोलामा २ हजार घट्यो, बुधबार तोलाको एक लाख ७ हजार ८ सय कायम
सुन तोलामा २ हजार घट्यो, बुधबार तोलाको एक लाख ७ हजार ८ सय कायम


काठमाडौं। सुनको मूल्य बढ्ने क्रममा बुधबार ब्रेक लागेको छ। सुन बुधबार तोलाको २ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
NLIC

मंगलबार सुन तोलामा ५ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन सुनको मूल्य तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३ सय ४० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १९३९.०३ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २२.३५ डलर छ। मंगलबार सुन प्रतिऔंस १९७५.४९ र चाँदी प्रतिऔंस २२.४६ डलर थियो।