काठमाडौं। हुन्डाई मोटर्स ग्रुपले कियाले ल्याउने तयारी गरिरहेको गाडी इभी-५ मोडलको कन्सेप्ट सार्वजनिक गरेको छ।
विद्युतीय गाडीको बजारमा टक्कर दिने डिजाइनको आफ्नो नयाँ गाडी कस्तो हुन्छ भन्ने कम्पनीले सोमबार जनाएको हो। इभी-५ इलेक्ट्रिक गाडीहरुमा अत्याधुनिक सुविधासहितको हुनेछ।
कम्पनीका अनुसार यसमा इभी-६ मोडलमा भएको पावरट्रेन उपलब्ध हुनेछ। कम्पनीले यसलाई फुल साइज एसयुभीमा निर्माण गर्न लागेको हो। यो मोडल कियाकै इभी-९ भन्दा थोरै सानो हुनेछ।
साथै, इभी-९ मा जस्तै फ्लेक्जीबल क्याबिन उपलब्ध हुने कम्पनीले जनाएको छ। यो गाडीलाई कम्पनीले ई-जीएमपी प्लाटफर्ममा निर्माण गर्ने भएको छ। यो गाडी कियाकै स्पोर्टेज जस्तै छ।
यसमा ७७ किलोवाट क्षमताको ब्याट्री प्याक उपलब्ध हुनेछ। उक्त ब्याट्रीलाई एक पटकको फुल चार्जमा ४८२ किलोमिटरसम्म कुदाउन सकिने जनाइएको छ।
यो गाडी सुरुमा चिनियाँ बजारमा बिक्रीमा जाने कम्पनीले जनाएको छ। इभी-५ यही वर्षको अन्त्यतिर चीनमा सार्वजनिक गर्ने योजना छ। यस्तै, कियाले सन् २०२६ सम्ममा ४ वटा मोडलमा इभी बजारमा ल्याउने तयारी छ।