BIZMANDU
www.bizmandu.com

आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आपसमा गाभिन डाके विशेष साधारणसभा

२०७९ चैत्र ७

आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आपसमा गाभिन डाके विशेष साधारणसभा
आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आपसमा गाभिन डाके विशेष साधारणसभा

काठमाडौं। आइएमइ जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आपसमा मर्जरको स्वीकृति लिन विशेष साधारणसभा डाकेका छन्।

Tata
GBIME
Nepal Life

दुबै कम्पनीले चैत २२ गते साधारणसभा डाकेका हुन्। यसअघि दुबै सञ्चालक समितिबीच मर्जरको अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ।

दुबै संस्था बराबरी हैसियतमा गाभिने छन्। गाभिएपछि नाम आइजीआय प्रुडेन्सियल इन्स्योरेन्स नाम हुने छ।

साधारणसभाले अनुमोदन गरेपछि अन्तिम स्वीकृतिका लागि दुबै संस्था बीमा प्राधिकरण जाने छन्। प्राधिकरणले स्वीकृति दिएपछि एकिकृत कारोबार हुने छ।

आइएमई जनरल चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ छ भने प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड रुपैयाँ छ। प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। त्यसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी हुनेछ।

मर्जर पछि एकीकृत कम्पनीको चुक्ता पुँजी ३ अर्बभन्दा बढी पुग्नेछ।