BIZMANDU
www.bizmandu.com

एक वर्षमै दोस्रो पटक स्वेच्छिक अवकास ल्याउँदै एयर इण्डिया, नयाँ कार्यशैली विस्तार रणनीतिमा

२०७९ चैत्र ६

एक वर्षमै दोस्रो पटक स्वेच्छिक अवकास ल्याउँदै एयर इण्डिया, नयाँ कार्यशैली विस्तार रणनीतिमा
एक वर्षमै दोस्रो पटक स्वेच्छिक अवकास ल्याउँदै एयर इण्डिया, नयाँ कार्यशैली विस्तार रणनीतिमा


काठमाडौं। टाटा समुहले आफ्नो स्वामित्व लिएसँगै एक वर्षको अवधिमा दोस्रो पटक स्वेच्छिक अवकास आह्वान गरेको छ। कम्पनीले नयाँ कार्यशैली अगाडी बढाउने रणनीति अनुसार पुराना कर्मचारी लक्षित स्वेच्छिक अवकास अवधारणा अगाडी बढाएको जनाएको छ।

Tata
GBIME
NLIC

कम्पनीले यो अन्तर्गत एक हजार जना भन्दा बढी कर्मचारीलाई इन्सेन्टिभसँगै विदाइ गर्ने तयारी गरेको हो। कम्पनीले यो सँगै नयाँ कार्यदल स्थापनाका लागि गृहकार्य सुरु गरेको जनाएको छ।

यसअघि गत सन् २०२२ जुनमा भीआरएस योजना लागू गरेको यो कम्पनीले नयाँ कर्मचारी पनि राख्दैछ। गत वर्ष जुनमा १५०० कर्मचारीले स्वेच्छिक अवकास लिइसकेका छन्।

दोस्रोपटक जारी गरिएको भीआरएस योजना न्यूनतम पाँच वर्ष काम गरेका ४० वर्ष देखिका कर्मचारीमा लागु हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना मार्च १७ तारिखदेखि अप्रिल ३० तारिखसम्मका लागि लागु गरिएको छ।

मार्च ३१ तारिखमै स्वेच्छिक अवकास दिने कर्मचारीले अतिरिक्त एक लाख भारतीय रुपैयाँ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ‘कर्मचारीले यो योजना अन्तर्गत अतिरिक्त सुविधाको माग गरेका छन्। कर्मचारीले माग गरेसँगै हामीले अतिरिक्त सुविधाको व्यवस्था गरेका हौं,’ कम्पनीले जारी गरेको  विवरणमा उल्लेख गरिएको छ।

टाटा समुहले स्वामित्व लिएको सुरुवाती समयमा कम्पनीमा १३ हजार कर्मचारी थिए। जस अन्तर्गत आठ हजार  कर्मचारी स्थायी थिए। यसमध्ये चार हजार जना कर्मचारी अवकास लिने चरणमा रहेको कम्पनीले जनाएको छ।