काठमाडौं। हिमालयन रिइन्स्योरेन्सको दोस्रो त्रैमासको बीमाशुल्कमा उल्लेख्य सुधार आएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले २ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको सो अवधिमा कम्पनीले ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको नाफामा भने गिरावट आएको छ। गत वर्ष दोस्रो त्रैमासमा १२ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले यो वर्षको सो अवधिमा ४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गतवर्षको भन्दा ६२ प्रतिशत कम हो।
कम्पनीले दावी भुक्तानी पनि पहिलेभन्दा उल्लेख्य रुपमा गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १४ करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। गत वर्ष कम्पनीले ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। अझै कम्पनीले ४२ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।
पुनर्बीमा कमिसनमा ६० करोड रुपैयाँ खर्च गरेको छ। लगानी, कर्जा तथा अन्यबाट ८ करोड रुपैयाँ आय गरेको छ। चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १७ करोड ७७ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको बीमा कोषमा १३ करोड ६९ लाख रुपैयाँ जम्मा छ भने महाविपत्ति कोषमा १५ करोड रुपैयाँ छ।