BIZMANDU
www.bizmandu.com

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स १ः१ को अनुपातमा मर्ज हुने, अन्तिम सम्झौतामा हस्ताक्षर

२०७९ चैत्र ६

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स १ः१ को अनुपातमा मर्ज हुने, अन्तिम सम्झौतामा हस्ताक्षर
आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स १ः१ को अनुपातमा मर्ज हुने, अन्तिम सम्झौतामा हस्ताक्षर


काठमाडौं। आइएमई जनरल र प्रुडेन्सियल इन्योरेन्सले मर्जरको लागि अन्तिम सम्झौता गरेका छन्। दुई कम्पनीबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

Tata
GBIME
NLIC

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका हुन्। डीडीएका आधारमा यी दुई कम्पनीबीच स्वाप रेसियो १:१ मा मर्ज हुने निर्णय भएको छ।

मर्जर पछि नयाँ बन्ने एकीकृत कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स हुने भएको छ। मर्जर सम्झौतालाई संचालक समितबाट अनुमोदन गरी आगामी विशेष साधारणसभामा उक्त प्रस्ताव पेस गर्ने दुवै कम्पनी व्यवस्थापनले जनाएका छन्।

आइएमई जनरल चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ छ भने प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड रुपैयाँ छ। प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। त्यसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी हुनेछ।

मर्जर पछि एकीकृत कम्पनीको चुक्ता पुँजी ३ अर्बभन्दा बढी पुग्नेछ।