काठमाडौ। कालिका लघुवित्त वित्तीय संस्थाले तेह्रौं वार्षिक साधारण सभाको मिति तोकेको छ। लघुवित्त सञ्चालक समितिको आइतबार भएको बैठकले चैत २९ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको हो।
सभा बिहान ९ बजेबाट पोखराको होटल टास्क इन्टरनेशनलमा हुनेछ। सभामा लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्ने २० प्रतिशत लाभांशको विशेष प्रस्ताव पारित गर्दै छ।
गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ३१ करोड २८ लाखको १९ प्रतिशतले हुन आउने ५ करोड ९४ लाख ४६ हजार बराबरको बोनस सेयर र १ प्रतिशतले हुने आउने ३१ लाख २८ हजार बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ।
साधारण सभाबाट अनुमोदन भएपछि लघुवित्तले लाभांश लगानीकर्ताहरुमा वितरण गर्ने छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले चैत १६ गते बुक क्लोज मिति तोकेको छ। तसर्थ उक्त दिन भन्दा अघिल्लो कारोबारी दिनसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउने छन्।
साधारण सभामा भाग लिन पनि बुक क्लोजभन्दा अघिल्लो कारोबार दिनसम्म सेयरधनी बन्नुपर्ने छ।