BIZMANDU
www.bizmandu.com

थलिएको घरजग्गा बजारमा एनएमबि बैंकको बोल्ड स्किम, १५ वर्ष ब्याजदर नबढ्ने ११.९९% मै ऋण

२०७९ चैत्र ५

थलिएको घरजग्गा बजारमा एनएमबि बैंकको बोल्ड स्किम, १५ वर्ष ब्याजदर नबढ्ने ११.९९% मै ऋण
थलिएको घरजग्गा बजारमा एनएमबि बैंकको बोल्ड स्किम, १५ वर्ष ब्याजदर नबढ्ने ११.९९% मै ऋण


काठमाडौं। वाणिज्य बैंकहरुको ऋणको औसत ब्याजदर १३.०३ प्रतिशत रहेका बेला एनएमबि बैंकले ११.९९ प्रतिशतमै घरकर्जा दिने योजना ल्याएको छ।

Tata
GBIME

कतिपय बैंकहरुको १४-१५ प्रतिशतसम्म ऋणको ब्याजदर कायम गरेको अवस्थामा एनएमबि १५ वर्ष कुनै घटबढ नहुने ११.९९ प्रतिशतमै घरकर्जा दिने भएको हो। यसले ब्याजदरकै राम्रो आयस्रोत भएपनि घर नबनाई बसेकालाई सहज हुनेछ।

बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर आजको दिनमा घर बनाउछु भन्नेहरु ब्याजरदर देखेरै आत्तिने अवस्था छ। हुन त निक्षेपको ब्याजदर घट्दै गएको अवस्थामा कर्जाको ब्याजदर समेत केही घट्ने स्थिति देखिँदै छ। तर, त्यसअघि नै एनएमबिले १५ वर्षसम्म ब्याजदर नबढ्ने गरी वार्षिक ११.९९ प्रतिशतमा घरकर्जा दिने भएको हो।

वार्षिक १४ देखि १५ प्रतिशत हाराहारीमा घर कर्जा पाउने अवस्थामा एनएमबिले थलिएको घरजग्गा बजारलाई नै उठाउने देखिन्छ।

२५ देखि ६५ वर्ष उमेरका नेपाली नागरिक यो घर कर्जाका लागि योग्य छन्। तलबी, रेमिटेन्स, स्वरोजगारसहित व्यापार व्यवसायमा लागेका व्यक्तिहरुले यो ऋण लिन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार एनएमबि फिक्स्ड होम लोन हाउजिङ ऋण सेग्मेन्टमा सबैभन्दा उत्कृष्ट प्रडक्ट रहेको जनाएको छ। १५ वर्षका लागि ऋणीले स्थिर ब्याजदरमा घर कर्जा उपयोग गर्न सक्छन्।

बैंकका अनुसार यो ऋण आवासीय घरजग्गा, अपार्टमेन्ट वा घर निर्माणमा उपयोग गर्न सकिने जनाएको छ। बैंकका अनुसार ऋणले अधिकतम एक करोड ५० लाख ऋण पाउँछन्।

बैंकका अनुसार धितो मूल्यांकन (लोन टु भ्यालु (एलटीभी) रेसियो) काठमाडौं उपत्यका भित्र र बाहिरको हकमा समान ६० प्रतिशतसम्म हुने जनाएको छ। यस्तै, पहिलो घर खरिद गर्ने ग्राहक (फर्स्ट होम बायर) को हकमा एलटीभी ७० प्रतिशतसम्म दिने स्पष्ट पारेको छ। घर निर्माणको हकमा भने निर्माण लागतको शतप्रतिशतसमेत दिने बैंकले जनाएको छ।

घरजग्गा व्यवसायी भेषराज लोहनीले आजको दिनमा एनएमबिको ब्याजदर सस्तो भएको बताए। घर किन्न र बनाउन चाहनेलाई लक्षित गर्दै उच्च ब्याजदर भएको आजको दिनमा वार्षिक ११.९९ प्रतिशतमा घरकर्जा पाउनु सस्तो नै भएको उनी बताउँछन्।

अलिअलि आफूले कमाएको र अलिअलि ऋण लिएर घरजग्गा किन्ने वा घर बनाउने योजनामा हुनुहुन्छ भने पहिले केही कागजपत्र तयार पार्नु आवश्यक छ। त्यसपछि बैंकमा जाँदा सजिलै ऋण पाइन्छ।

तलबी ग्राहकका काम गर्ने संस्थाबाट बैंकले तीन महिनाभन्दा यताको तलब प्रमाणपत्र माग्छ। जसका लागि बैंक स्टेटमेन्ट आवश्यक पर्छ। पछिल्लो दुईवटा तलब स्लिप बैंकलाई बुझाउनुपर्छ।

यस्तै, स्वरोजगारहरुको हकमा व्यवसाय दर्ताको प्रमाणपत्र, आम्दानीको स्रोत, पछिल्लो ३ वर्षदेखि व्यवसाय गरिरहेको प्रमाण र बैंक स्टेटमेन्ट आवश्यक पर्छ।

व्यापार व्यवसाय गर्नेहरुको हकमा घरकर्जा लिन कम्पनीको पछिल्लो अडिट गरिएको वित्तीय विवरण, बैंक स्टेटमेन्ट, व्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र आदि आवश्यक पर्ने बैंकले जनाएको छ।

त्यस्तै, घर किन्न वा बनाउन कर्जा लिन चाहिने कागजात भनेको जग्गाको लालपुर्जा हो। जग्गाको लालपुर्जासँगै तिरो तिरेको रसिद, निर्माण इजाजत, घरको नक्शा पास भएको कागजात पनि बैंकले धितो कायम गर्न खोज्छ।

बैंकलाई ब्लु प्रिन्ट र ट्रेस म्याप पनि वुझाउनुपर्छ। तयार भएको घर किन्न लागेको भए निर्माण सम्पन्न प्रमाणपत्र पनि चाहिन्छ। त्यसपछि बैकले खोज्ने भनेको ऋण लिने र ग्यारेन्टी बसिदिने ब्यक्तिको नागरिकताको फोटोकपी हो। पासपोर्ट साइजको केही फोटोहरु त जेमा पनि लाग्छ अचेल, घर बनाउने वा किन्ने कुरामा त खोजिनै हाल्छ।