BIZMANDU
www.bizmandu.com

सिटिजन लाइफ इन्स्योरेन्सले गर्‍यो नयाँ बोनस निर्धारण, प्रति हजार २५ देखि ७५ रुपैयाँसम्म दिने

२०७९ चैत्र ५

सिटिजन लाइफ इन्स्योरेन्सले गर्‍यो नयाँ बोनस निर्धारण, प्रति हजार २५ देखि ७५ रुपैयाँसम्म दिने
सिटिजन लाइफ इन्स्योरेन्सले गर्‍यो नयाँ बोनस निर्धारण, प्रति हजार २५ देखि ७५ रुपैयाँसम्म दिने


काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर निर्धारण गरेको छ। आर्थिक वर्ष २०७८/७९ को जीवनबीमा कोषको बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि नयाँ बोनस दर कायम गरेको हो।

Tata
GBIME
NLIC

कम्पनीले कायम गरेको बोनस दर अनुसार बीमितले विभिन्न बीमालेखहरुमा प्रति एक हजार बराबर २५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म पाउने भएका छन्।

जसमा अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिका लागि कम्पनीले बोनस दर ४४ रुपैयाँ तोकेको छ। १५ देखि १९ वर्ष अवधिका लागि ४९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि ५५ रुपैयाँ छ।

सावधिक(रेगुलर जीवन) बीमालेख अन्तर्गत ९ वर्ष अवधिको लगि ३८ रुपैयाँ छ। १० देखि १४ वर्षको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिलाई ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिलाई ५० रुपैयाँ, २५ देखि २९ वर्ष सम्मका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथिको अवधिलाई ६३ रुपैयाँ बोनस निर्धारण भएको छ।

सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ३८ रुपैयाँ र १५ देखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ तोकिएको छ। यसैगरी २० देखि २४ वर्ष सम्मका लागि ४६ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका लागि ६५ र ३० भन्दा माथिको अवधिसम्मका बीमितले ७५ रुपैयाँ बोनस पाउने छन्।

सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेखमा १० देखि १४ वर्षसम्मको अवधिलाई ४२ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मलाई ४५ रुपैयाँ, २० देखि २४ वर्षलाई ५० रुपैयाँ र २५ देखि २९ वर्षलाई ६५ रुपैयाँ बोनस दर निर्धारण भएको छ।

वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा ९ वर्षसम्मको लागि २५ रुपैयाँ १० देखि १४ वर्षसम्मको लागि २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २७ रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि २८ रुपैयाँ छ।

सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) अन्तर्गत ९ वर्ष अवधिका लागि ३७ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षसम्मको लागि ४२ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको ६० रुपैयाँ र ३० वा सोभन्दा माथिको अवधिलाई ६० रुपैयाँ बोनस तोकिएको कम्पनीले जनाएको छ।