BIZMANDU
www.bizmandu.com

हुन्डाईले सेडान सिरिजमा ‘भर्ना’ कारको नयाँ मोडल सार्वजनिक गर्दै, ४ भेरियन्टमा ल्याउँदै

२०७९ चैत्र ५

हुन्डाईले सेडान सिरिजमा ‘भर्ना’ कारको नयाँ मोडल सार्वजनिक गर्दै, ४ भेरियन्टमा ल्याउँदै
हुन्डाईले सेडान सिरिजमा ‘भर्ना’ कारको नयाँ मोडल सार्वजनिक गर्दै, ४ भेरियन्टमा ल्याउँदै

काठमाडौं। हुन्डाई मोटर्सले नयाँ मोडलको सेडान कार ‘भर्ना’ सार्वजनिक गर्ने तयारी गरेको छ। लामो समयदेखि चर्चामा रहेको नयाँ मोडल सुरुमा यही मंगलबार भारतीय बजारमा सार्वजनिक गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले उक्त गाडीको प्रि-बुकिङ गर्न २५ हजार भारु तोकेको छ। यो नयाँ सेडान आगामी मे महिनाबाट डेलिभरी सुरु गर्ने जनाइएको छ।

नयाँ मोडल भर्ना इ-एक्स, एस, एसएक्स र एसएक्स ओ गरी ४ भेरियन्टमा उपलब्ध हुनेछ। यो सेडानमा भएको इन्जिन पेट्रोल भेरियन्टमा आउने छ। जसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनमा ६-स्पीड म्यानुअल र ७-स्पीड डुअल क्लच ट्रान्समिसन छ।

यसले २५३ एनएम टर्क उत्पादन गर्छ। यस्तै १५९ मेट्रिक हर्सपावर प्रदान गर्छ। यसैगरी १.५ लिटरको पेट्रोल इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन जडान छ। जसले ११५ मेट्रिक हर्सपावर र १४४ न्युटनमिटर टर्क उत्पादन गर्न सक्छ।

यसबाहेक कारमा टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जर, डुअल-जोन क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सीट, प्रिमियम साउन्ड सीस्टम, सनरुफ, डिजिटल ककपिट लगायतका सुविधाहरु छन्।

भर्ना सेडानमा ६५ सेफ्टी फिचर छ। उक्त कारले बजारमा होन्डा सिटी, स्कोडा स्लाभिया, मारुती सियाज र फक्सवागन भर्टससँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ।