BIZMANDU
www.bizmandu.com

भारतका अर्बपतिको भव्य जीवनशैली, जसले दुर्लभ लक्जरी कार चढ्थे

२०७९ चैत्र ५

भारतका अर्बपतिको भव्य जीवनशैली, जसले दुर्लभ लक्जरी कार चढ्थे
भारतका अर्बपतिको भव्य जीवनशैली, जसले दुर्लभ लक्जरी कार चढ्थे


काठमाडौं। भारतका अर्बपति व्यापारीको व्यस्त दैनिकीका साथ एक भव्य जीवनशैली पनि छ। जसले आम मानिसको ध्यान खिच्छ।

Tata
GBIME
Nepal Life

यी व्यवसायिक टाइकुनहरू लक्जरी कारमा चढ्छन्। त्यो पनि दुर्लभ, उत्कृष्ट र क्लासिक लक्जरी कारहरूमा उनीहरु सयर गर्छन्।

लेजेन्ड्री उद्योगपति र भारतका सबैभन्दा सफल उद्यमीहरूमध्ये एक जेआरडी टाटासँग जर्मन मर्सिडीज-बेन्ज १९० डी थियो। जुन उनले १९६० मा आयात गरेका थिए।

१९० डी आफ्नो समयभन्दा एक कदम अगाडिको डिजाइन भएको लक्जरी कार थियो। यसमा बाइ-फोकल बाहिर रियरभ्यू मिरर र समायोजन गर्ने सीटहरू जस्ता फिचरहरु थिए। त्यो समय यस्ता फिचर भएका क्लासिक लक्जरी कार पाउन मुस्किल थियो।

यस्तै, यो कार शक्तिशाली १.८ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिनले सुसज्जित थियो। १९०डीले प्रतिघन्टा १२० किलोमिटरको उच्च गतिमा पुग्न सक्छ। जुन त्यो युगको लागि उल्लेखनीय उपलब्धी हो। कारको पातलो डिजाइनले आज आधुनिक समयको इ-क्लासको सफल कार र डिजाइन मानिन्छ।

रतन टाटा

रतन टाटा टाटा सन्स ग्रुपका चेयरम्यान इमिरेट्स हुन्। उनी एक अटोमोबाइल इन्थुजियास्ट हुन्। उनी मुम्बईको मरिन ड्राइभमा आफ्ना विदेशी कारहरू प्रदर्शन गर्थे। तर, त्यो अभ्यास केही वर्षदेखि बन्द भएको छ।

दुर्लभ १९७८ बुइक स्काइलार्क उनको कारहरूको बहुमूल्य संग्रहको एक भाग हो। भारतमा आयात गरेपछि वर्षौंसम्म भारतीय सडकमा यो गाडी मात्रै थियो।

यो कार ५.०-लिटर भी ८ पेट्रोल इन्जिनले सुसज्जित छ। जसले अधिकतम १४५ हर्सपावर उत्पन्न गर्छ। यो कारमा आजसम्म कुनै प्राविधिक समस्या देखिएको छैन। यो कार भारतभरि विभिन्न शोहरूमा बारम्बार प्रदर्शन गरिँदै आएको छ।

धिरुभाई अम्बानी

धिरुभाई अम्बानीले रिलायन्स ग्रुपको स्थापना गरे। यो ग्रुपले पेट्रोकेमिकल्स, टेक्सटायल, सुचना प्रविधि लगायतका क्षेत्रमा लगानी गरेर ठूलो व्यापारिक साम्राज्य खडा गर्‍यो। तिनै धिरुभाईसँग एक अत्यन्त दुर्लभ बीएमडब्लु ७५० आई एक्सएल एल ७ लिमोसिन थियो। जुन विशेष बजारहरूको लागि विशेष रूपमा निर्माण गरिएको थियो। यो लिमोसिन दक्षिण पूर्व एसिया, युरोप र मध्य पूर्वका केही देशहरूमा मात्र उपलब्ध थियो।

कारको एक्सएल भेरियन्टले अतिरिक्त लेग्रूमको बुस्टिङ गरेको छ। यो ५.३७ मिटर लम्बाईको छ। जसले यसलाई हालको बीएमडब्लु-८ शृंखलाको ५.२३ मिटरभन्दा लामो बनाउँछ। हालै, अम्बानी परिवारले कारलाई मर्मत गरेको छ। र, यो सडकमा देखिन थालेको छ।

योहान पूनावाला

योहान पूनावाला भारतका सबैभन्दा सफल व्यवसायी मध्ये एक र पूनावाला इन्जिनियरिङ ग्रुपका अध्यक्ष हुन। उनीसँग दुई रोल्स-रोयससहित धेरै क्लासिक कारहरू छन्।

उनीसँग भएको एउटा रोल्स-रोयस गाडी सन् १९५९ र १९६२ को बीचमा निर्मित क्लासिक मोडेल हो। जुन कम्पनीले जम्मा २ हजार ४१७ युनिट मात्र उत्पादन गरेको थियो।

जसले आरआर क्लासिकलाई अत्यन्तै अद्वितीय र असाधारण अटोमोबाइल बनाउँछ। यस्तै, अर्को पूनावालाको रोल्स-रोयस सिल्भर क्लाउड २ अविश्वसनीय रूपमा दुर्लभ छ। किनकि यो मोडलमा कम्पनीले २५८ युनिट मात्र निर्माण गरेको थियो। यो विशेष मोडेल एलडब्लुबी संस्करण हो। यो अहिले पूनावालाको आफ्नो ग्यारेजमा राखिएका छन्। (एजेन्सीको सहयोगमा)