BIZMANDU
www.bizmandu.com

प्रतिष्पर्धामा बुद्ध एयरका वीरेन्द्रबहादुर बेस्ट सीइओ, कतार इन्टरनेशनल एयरलाइन्स अफ द इयर

२०७९ चैत्र ३

प्रतिष्पर्धामा बुद्ध एयरका वीरेन्द्रबहादुर बेस्ट सीइओ, कतार इन्टरनेशनल एयरलाइन्स अफ द इयर
प्रतिष्पर्धामा बुद्ध एयरका वीरेन्द्रबहादुर बेस्ट सीइओ, कतार इन्टरनेशनल एयरलाइन्स अफ द इयर

काठमाडौं। उडान सेवा सञ्चालकहरुका लागि आयोजित सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्डको २०२२ को संस्करणमा आन्तरिकतर्फ बुद्ध एयर र अन्तर्राष्ट्रियतर्फ कतार एयरवेज सर्वोत्कृष्ट भएका छन्।

Tata
GBIME
Nepal Life

ग्लोबल एक्रिडिसन काउन्सिलद्वारा गत सोमबार (१३ मार्च) आयोजित समारोहमा १६ विधाका सस्तो टिकेट्स बेस्ट एयरलाइन्स अवार्डस् नेपाल-२०२२ घोषणा गरिएको हो। अनलाइन भोटिङ, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्यांकका नतिजाको आधारमा विजेता घोषणा गरिएको आयोजकले जनाएको छ।

सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्डमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वटा वायु सेवाप्रदायक तथा आन्तरिकतर्फका ९ वायुसेवाले प्रतिष्पर्धा गरेका थिए।

जसमा बेस्ट एयरलाइन्स अफ द इयर-इन्टरनेशनल अवार्ड कतार एयरवेज विजेता भएको छ। यसैगरी, बेस्ट एयरलाइन्स अफ द इयर आन्तरिकमा बुद्ध एयर, बेस्ट एयरलाइन्स अफ द इयर हाइब्रिड तथा एलसीसीमा हिमालय एयरलाइन्स, बेस्ट एयरलाइन्स अफ द इयर अफलाइन अप्रेसनमा एमिरेट्स एयरवेज छन्।

यसैगरी, बेस्ट नेसनल एयरलाइन्समा नेपाल एयरलाइन्स, बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसनमा नेपाल एयरलाइन्स ग्राउण्ड ह्याण्डेलिङ, बेस्ट विजनेस क्लासमा कतार एयरवेज, बेस्ट एकोनोमी क्लासमा फ्लाई दुबई र बेस्ट क्याबिन क्रुमा एयर अरेबिया छन्।

साथै, बेस्ट ट्रान्जिट एयरपोर्ट लाउन्जमा टर्किस एयरलाइन्स, बेस्ट एयरलाइन्स रिवार्ड प्रोगाममा कतार एयरवेज, बेस्ट एयरलाइन्स एयर फेयर पोलिसीमा कतार एयरवेज र बेस्ट एयरलाइन्स फ्रन्ट डेक्स सपोर्टमा जजिरा एयरवेज भएका छन्।

यस्तै सीइओ अफ द इयर नेपाली एयरलाइन्समा वीरेन्द्रबहादुर बस्नेत (बुद्ध एयर), बेस्ट एयरलाइन्स म्यानेजर अफ द इयर इन्टरनेशनल एयरलाइन्समा सारिक बोगटी (कतार एयरवेज) र बेस्ट जनरल सेल्स एजेण्ट (जीएसए) फरेन एयरलाइन्समा सोसाइटी इन्टरनेशनल विजेता भएका छन्।