BIZMANDU
www.bizmandu.com

उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै, कसले मार्ला पाँच वर्षका लागि बाजी?

२०७९ चैत्र ३

उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै, कसले मार्ला पाँच वर्षका लागि बाजी?
उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै, कसले मार्ला पाँच वर्षका लागि बाजी?

काठमाडौं। आज उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।

Tata
GBIME
Nepal Life

जसपाबाटै जसपाकी प्रमिला यादवले पनि उपराष्ट्रपति पदको उम्मेदवारी दिएकी थिइन्। उनले रामसहायलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेकी छिन्। यद्यपि, मनोनयन फिर्ता लिने समय भन्दा पछि उनको घोषणा आएकोले मतपत्रमा उनको पनि नाम रहनेछ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला-बेग्लै मतदान केन्द्र तय गरिएको छ।

उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ। मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसंकेत गर्नुपर्नेछ।

संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ। निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन्।