BIZMANDU
www.bizmandu.com

एटीएम नभएका प्रभु बैंकका शाखामा पोस मेसिनबाटै पैसा झिक्न मिल्ने, पिन पनि परिवर्तन हुने

२०७९ चैत्र २

एटीएम नभएका प्रभु बैंकका शाखामा पोस मेसिनबाटै पैसा झिक्न मिल्ने, पिन पनि परिवर्तन हुने
एटीएम नभएका प्रभु बैंकका शाखामा पोस मेसिनबाटै पैसा झिक्न मिल्ने, पिन पनि परिवर्तन हुने

काठमाडौं। प्रभु बैंकले एटीएम सञ्चालन नभएका शाखाबाट पनि नगद झिक्न सकिने सेवा ल्याएको छ। 

Tata
GBIME

ग्राहकहरुले एटीएम नभएका शाखाहरुमा पनि कार्ड प्रयोग गरेरै नगद निकाल्न सकिने सुविधा ल्याएको जनाएको छ। बैंकले उक्त सेवाका लागि पोस मेसिन उपलब्ध गराएको छ। 

जसको माध्यमबाट ग्राहकहरुले पैसा निकाल्न अतिरिक्त ग्रिन पिन सेट गर्न र एटीएमको पिन परिवर्तन पनि गर्न सक्ने जनाएको छ।

बैंकले सेवा उपलब्ध गराउन नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) सँग सहकार्य गरेको छ।