काठमाडौं। टाटाले गत हप्ता आयोजना गरेको एक्सचेन्ज क्याम्पको उत्साहजनक प्रतिक्रिया आएपछि शुक्रबारदेखि ‘ह्याप्पीनेस विक-एण्ड एक्सचेन्ज क्याम्प’ सुरु भएको छ।
टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार गत हप्ता आयोजना गरिएको एक्सचेन्ज क्याम्पको उत्साहजनक प्रतिक्रिया आएपछि ‘ह्याप्पीनेस विक-एण्ड एक्सचेन्ज क्याम्प’ आयोजना गरिएको हो।
कम्पनीका अनुसार क्याम्प शुक्रबारदेखि आइतबारसम्म तीन दिनसम्म संचालन हुनेछ। क्याम्प काठमाडौं उपत्यकामा रहेका सिप्रदी तथा आधिकारिक टाटा मोटर्स शोरुमहरुमा संचालन हुनेछ।
तीन दिनसम्म संचालन हुने विशेष एक्सचेन्ज क्याम्पमा टाटाका सबै ग्राहकहरुलाई कम्पनीले सहभागी हुन कम्पनीले आग्रह समेत गरेको छ। साथै, ह्याप्पीनेस मेनुको बारेमा जानकारी लिएर उक्त मेनुमा भएका अफरहरुको लाभ उठाउन पनि सिप्रदीले आग्रह गरेको छ।
एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी वा ब्राण्डको गाडी लिएर टाटा मोटर्सका नयाँ २०२३ मोडलका नेक्सन इभी र टिगोर इभीसँग साट्न सकिने व्यवस्था गरिएको छ। उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्ले शोरुममा बैंकिङ सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरुको पनि सहभागिता हुनेछ।
एक्सचेन्ज क्याम्पमा चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र हरेक गाडी हस्तान्तरणमा नि:शुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइने कम्पनीले जनाएको छ।