BIZMANDU
www.bizmandu.com

कुमारी बैंकको ८६ हजार सेयर बिक्रीमा, प्राथमिकता विद्यमान संस्थापकलाई

२०७९ चैत्र २

कुमारी बैंकको ८६ हजार सेयर बिक्रीमा, प्राथमिकता विद्यमान संस्थापकलाई
कुमारी बैंकको ८६ हजार सेयर बिक्रीमा, प्राथमिकता विद्यमान संस्थापकलाई

काठमाडौं। कुमारी बैंकको ८६ हजार ३३३ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। 

Tata
GBIME

बैंक संस्थापकले आफ्नो स्वामित्त्वको सेयर बेच्दैछन्। राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकका विद्यमान संस्थापकले मात्र सेयर खरिद गर्न सक्नेछन्।

बैंकले ३५ दिने म्याद सहितको सूचना सार्वजनिक गरेको छ। उक्त अवधिभित्र सेयर बिक्री नभएर साधारण लगानीकर्ता र संस्थाहरुको लागि आव्हान हुने जनाएको छ।

बैंकले बिहिबार सूचना निकालेको हो। इच्छुक संस्थापकले म्याद अवधिभित्र किन्न चाहेको सेयर कित्ता र आशय मूल्य सहितको निवेदन पेश गर्नुपर्नेछ। निवेदन कुमारी क्यापिटलमा बुझाउनुपर्नेछ।