BIZMANDU
www.bizmandu.com

होटल याक एण्ड यतीले माग्यो विभिन्न विभागमा कर्मचारी, सेफदेखि फाइनान्स एक्जुकेटिभसम्म

२०७९ चैत्र १

होटल याक एण्ड यतीले माग्यो विभिन्न विभागमा कर्मचारी, सेफदेखि फाइनान्स एक्जुकेटिभसम्म
होटल याक एण्ड यतीले माग्यो विभिन्न विभागमा कर्मचारी, सेफदेखि फाइनान्स एक्जुकेटिभसम्म

काठमाडौं। दरबारमार्गस्थित होटल याक एण्ड यतीले विभिन्न क्षेत्रमा कर्मचारी मागेको छ। होटलले फुड एण्ड बेभरजतर्फ ६ जना कर्मचारी मागेको छ।

Tata
GBIME

होटलले टीम लिडर, होस्टेस, फुड एण्ड बेभरेज एशोसिएट, सुपरभाइजर, बार टेण्डर, क्याप्टेन लगायत विभिन्न पदमा इच्छुक उम्मेवारका लागि यो आवेदन खुला गरेको जनाएको छ।

होटलले रुम सेल्स एक्जुकेटिभ, इभेन्ट सेल्स एक्जुकेटिभ, एचआर एशोसिएटसँगै किचनको कमी १, कमी २, कमी ३, ब्यांकेट सेफका लागि आवेदन मागेको हो।

यसैगरी सुरक्षा विभाग अन्तर्गत सेक्युरिटि एशोसिएट र सुपभाइजर समेत होटलले मागेको छ। होटलले फ्रन्ट अफिस एशोसिएट र रिजर्भेसन एशोसिएट पनि मागेको छ।

आफ्नो वित्तीय विभागलाई थप विस्तार गर्न होटलले फाइनान्स एक्जुकेटिभ, फुड एण्ड बेभरेज कन्ट्रोलर,  असिस्टेन्ट पर्चेज म्यानेजर मागेको छ।