BIZMANDU
www.bizmandu.com

सोल्टी होटलले अन्तर्राष्ट्रिय फूटप्रिन्ट बिस्तार गर्दै, थाइल्याण्ड र दुबईका होटलको व्यवस्थापन सम्हाल्दै

२०७९ चैत्र १

सोल्टी होटलले अन्तर्राष्ट्रिय फूटप्रिन्ट बिस्तार गर्दै, थाइल्याण्ड र दुबईका होटलको व्यवस्थापन सम्हाल्दै
सोल्टी होटलले अन्तर्राष्ट्रिय फूटप्रिन्ट बिस्तार गर्दै, थाइल्याण्ड र दुबईका होटलको व्यवस्थापन सम्हाल्दै

काठमाडौं। सोल्टी होटलले अन्तर्राष्ट्रिय फूटप्रिन्ट विस्तार गर्दै होटल व्यवस्थापन गर्ने भएको छ। दुई वर्षअघिबाट स्वदेशका होटल व्यवस्थापन गर्दै आएको यो कम्पनीले थाइल्याण्ड र दुवईको होटल व्यवस्थापन गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

होटलका उपाध्यक्ष सुदर्शन चापागाइँले थाइल्याण्ड र दुवईको व्यवस्थापन सम्हाल्ने गरी केही होटलसँग कुराकानी भइरहेको जानकारी दिए। यो सेवा विस्तार भए अन्तर्राष्ट्रिय चेन विस्तारमा सोल्टी पहिलो कम्पनी हुनेछ।

‘हामी आफ्नो व्यवसायिक योजना अनुसार अन्तर्राष्ट्रिय स्तरमा सेवा विस्तारमा जुटेका छौं। नेपालबाट सिधा उडान गन्तव्य भएको मुलुकका होटल व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छौं,’ उनले भने। उनले छलफलकै चरणमा रहेकाले होटलको नाम भने सार्वजनिक गरेनन्। ‘सम्झौता नभएसम्म सार्वजनिक गर्न नमिल्ने हाम्रो प्रतिवद्धता छ,’ चापागाइँले भने।

उनका अनुसार नेपाली कम्पनी अन्तर्राष्ट्रिय बजारमा जाँदा त्यसले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउँछ। ‘अन्तर्राष्ट्रिय बजारमा नेपाली कम्पनी जानु भनेको हाम्रो दक्षता ग्लोबल हुनु पनि हो,’ उनले भने, ‘यसले हाम्रो सेवा क्षेत्र उच्चस्तरीय रहेको समेत पुष्टी हुन्छ।’ चापागाइँका अनुसार यसले देशभित्र त्यहाँबाट आर्जन गरेको पैसा समेत आउँछ। ‘हाम्रो कम्पनी वैधानिक रुपमा अन्तर्राष्ट्रिय बजारमा जाँदा त्यहाँ भएको कमाई समेत नेपाल भित्रिन्छ,’ उनल भने, ‘यसले अरु कम्पनीलाई समेत जान प्रोत्साहित गर्छ।’

कम्पनीले नेपालगञ्जमा पाँचतारे होटल सोल्टी वेष्टेण्ड प्रिमियर, चितवनमा पटिहानी रिसोर्ट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनमा होराइजन लाउन्ज, एलएसजी स्काइ सेफ ‘इनफ्लाइट क्याटरिङ’ संचालनमा छ।

यो क्याटरिङले हालै संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्‍थलमा संचालन अनुमति पाइसकेको छ। कम्पनीले आफ्नो व्यवस्थापनमा वैशाख तेस्रो साताबाट इटहरीको गरिमा होटल संचालनमा ल्याउँदैछ।

दुई वर्षअघिबाट सुरु भएको कसरत

करिब २ वर्ष अगाडी बेलायती कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आइएचजी) बाहिरिएपछि सोल्टीले व्यवस्थापन सुरु गरेको थियो। साढे दुई दशक (२६ वर्ष) देखि पाँचतारे होटल सोल्टीको व्यवस्थापनको जिम्मेवारी सम्हालेको बेलायती कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आइएचजी) बाहिरिएको थियो।

सोल्टीको सेयर बिक्री गरेपछि आइएचजी व्यवस्थापनबाट पनि बाहिरियो र सोल्टीले अरु होटल व्यवस्थापन लिने गरि आफूलाई उभ्यायो। त्यही बेला नै स्वदेशसँगै विदेशमा समेत आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको थियो। त्यही तयारी अनुसार कम्पनीलेे आफ्नो म्यानपावरलाई समेत दक्ष बनाएको थियो।