BIZMANDU
www.bizmandu.com

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार, ‘निर्जीवन बीमामा नम्बर वान बन्छौं’

२०७९ फागुन २९

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार, ‘निर्जीवन बीमामा नम्बर वान बन्छौं’
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार, ‘निर्जीवन बीमामा नम्बर वान बन्छौं’


काठमाडौ। मर्जरपछि बनेको नयाँ कम्पनी सगरमाथा लुम्बिनी(सलिको)को औपचारिक रुपमा एकीकृत कारोबार भएको छ। एकीकृत कारोबारको शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे।

Tata
GBIME
NLIC

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दुई कम्पनी गाभिएपछि सिनर्जी आएको बताउँदै गाउँगाउँ पुगेर बीमाको सेवा दिने बताए। उनले पछिल्लो समय बीमाको दायरा बढ्दै गएको र दावी भुक्तानीको समस्या समेत नरहेको दाबी गरे।

प्राधिकरण अध्यक्ष सिलवालले बेग्ला बेग्लै शक्ति र क्षमतालाई संयुक्त रुपमा प्रयोगमा ल्याउने अवसर मिलेको बताए। दुई कम्पनी मर्ज भएर काम गर्दा राम्रो प्रतिफल दिने बताउँदै पुँजी वृद्धिको निर्णयले बजारलाई राम्रो र विश्वसनीय बनाउने दाबी गरे।

सगरमाथा इन्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले निर्जीवन बीमा कम्पनीमा सगरमाथा लुम्बिनी नम्वर वान बन्ने बताए।