BIZMANDU
www.bizmandu.com

नेपालको दियालो र भारतको जनजलले प्रविधिमार्फत खानेपानीका चुनौती समाधान गर्ने

२०७९ फागुन २८

नेपालको दियालो र भारतको जनजलले प्रविधिमार्फत खानेपानीका चुनौती समाधान गर्ने
नेपालको दियालो र भारतको जनजलले प्रविधिमार्फत खानेपानीका चुनौती समाधान गर्ने


काठमाडौं। खानेपानी क्षेत्रलाई प्रविधि मार्फत डिजिटलाइज गर्दै आएको नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झाौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतासँगै प्रविधिको आदान-प्रदानमार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरूलाई समाधान गर्न रणनीतिक र व्यवसायिक सहकार्य गर्ने सहमति भएको छ।

सम्झौता पत्रमा दियालोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पीआर खनाल र जनजलका तर्फबाट प्रबन्ध निर्देशक डा. पराग अग्रवालले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि जनजनलले दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजान निर्माण गरेको  स्मार्ट वाटर म्यानेजमेन्ट सिस्टम तथा सम्पती व्यवस्थापन प्रणालीलाई भारतीय बजारमा विस्तार गर्न सहयोग गर्नेछ।

दियालोले जनजलको वाटर एटिएम सिस्टमलाई नेपाली बजारमा विस्तार गर्न सहयोग पुर्याउनेछ। साथै दुई कम्पनीबीच निर्माण भएका प्रविधि आदान प्रदान गरी खानेपानी प्रणालीलाई थप अटोमेशनमा लैजाने सहमति पनि भएको छ।

यसका साथै नेपाल तथा भाारतमा विभिन्न किसिमका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आआफ्ना अनुभव साटासाट गर्ने र उपभोक्ताका घरमा पुग्ने खानेपानीलाई गुणस्तरिय बनाउन प्रविधिमा सहकार्य गर्ने पनि सहमति भएको छ।

नेपालमा दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको छ।

हालसम्म नेपालमा करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेको दियालोले भारतमा समेत आफ्नो बजार विस्तार गर्न लागेको हो। करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ।

त्यसैगरी जनाजल प्रविधि मार्फत खानेपानी सेवा प्रदान अग्रणी कम्पनी हो। कम्पनीले भारतभर ८ सय भन्दा बढि वाटर ट्रिटमेन्ट प्लान्टहरू सञ्चालन गर्दछ। जसलाई आफ्नो स्वामित्वको आइओटी प्लेटफर्म मार्फत निगरानी गरिन्छ।  कम्पनीको जनजल वाह (वाटर अन ह्वील) नामक नवितम प्रविधिलाई भारत सरकारले शहरी र ग्रामिण क्षेत्रमा जनताको सुरक्षित् पानीमा पहुँच बढाउन प्यान इण्डिया कार्यान्वयनको लागि छनोट गरेको छ।