BIZMANDU
www.bizmandu.com

७३ मेगावाटको सानिमा मिडिल तमोरको आइपीओ बिक्री खुल्यो, ४२ लाख कित्ता सर्वसाधारणलाई

२०७९ फागुन २६

७३ मेगावाटको सानिमा मिडिल तमोरको आइपीओ बिक्री खुल्यो, ४२ लाख कित्ता सर्वसाधारणलाई
७३ मेगावाटको सानिमा मिडिल तमोरको आइपीओ बिक्री खुल्यो, ४२ लाख कित्ता सर्वसाधारणलाई


काठमाडौं। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आजदेखि सार्वसाधारणलाई आइपीओको बिक्री खुलाएको छ। कम्पनीले ल्याउने करिब साढे ४२ लाख ४८ हजार कित्तामा सर्वसाधारणले दरखास्त दिन पाउने छन्।

Tata
GBIME
NLIC

यो हाइड्रोपावर कम्पनीको जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको २५ प्रतिशत ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइीओ जारी गर्दैछ। १०० रुपैयाँका दरले कुल ८३ लाख ३१ हजार २५० कित्ता सेयर निष्कासन हुँदैछ।

जसमध्ये सर्वसाधारणमा ४९ करोड ९८ लाख ७५ हजार बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्री गर्न लागेको हो। १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री तथा बाँडफाट गरिसकेको छ। २ लाख ४९ हजार ९३७ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित छ।

बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। उक्त आइपीओमा चैत ३० गते सम्म आवेदन दिन सकिनेछ।

कम्पनीले ७३ मेगा वाटको मध्य तमोर जलविद्युत आयोजना निर्माण गर्दैछ। जसको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ हुने अनुमान गरिएको छ। प्रति मेगावाट लागत १८ करोड २६ लाख रुपैयाँ हुनेछ। र कम्पनीले ६.७३ वर्षमा साधारण लगानी फिर्ता गर्ने जनाएको छ।