BIZMANDU
www.bizmandu.com

भेडेटारमा ३० करोड लगानीमा सिसाको ‘स्काई वाक’ बन्दै, पीपीए मोडलमा निर्माण हुने

२०७९ फागुन २५

भेडेटारमा ३० करोड लगानीमा सिसाको ‘स्काई वाक’ बन्दै, पीपीए मोडलमा निर्माण हुने
भेडेटारमा ३० करोड लगानीमा सिसाको ‘स्काई वाक’ बन्दै, पीपीए मोडलमा निर्माण हुने


काठमाडौं। सार्वजनिक निजी साझेदारी (पीपीए) मा भेडेटारमा ३० करोड रुपैयाँ लगातमा सिसाको ‘स्काई वाक’ निर्माण हुने भएको छ। भेडेटारसँगै देशको पूर्वी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो सेवा संचालनमा लयाउन लागिएको जनाइएको छ।

Tata
GBIME

यसका लागि वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्राक्सन्स प्रालिले परियोजना निर्माण गरिरहेको जनाएको छ। यो योजनाका लागि यतिखेर जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रविन्द्र पोख्रेलले जानकारी दिए ।

यो स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइने उनले जानकारी दिए। उनका अनुसार स्काइ वाकमा एकैपटकमा २०० जना हिड्न सक्ने छन्। साहसिक पर्यटन अन्तर्गत रहेको सिसाको स्काइ वाकको तल भिर भएकाले झन् ‘थ्रील’ अनुभव हुने पोखरेलको भनाइ छ।

भेडेटारमा हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू गरिएको यस परियोजना सन् २०२३ भित्र नै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले  बताए ।

साँगुरीगढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुनसरीको सीमानामा पर्ने यो परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति दिएको शर्माले जानकारी दिए। 

काठमाडौंको कमलादीमा हाल निर्माण भइरहेको ‘स्काई वाक टावर’ र इलामको कन्याममा निर्माण भइ सञ्चालनमा आइसकेको ‘कन्याम क्लाउड’ नामको स्काई वाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो।