BIZMANDU
www.bizmandu.com

अपर तामाकोसी जलविद्युत साढे १० अर्ब बराबरको हकप्रद निष्कासन तयारीमा, बोर्डसँग अनुमति लिँदै

२०७९ फागुन २४

अपर तामाकोसी जलविद्युत साढे १० अर्ब बराबरको हकप्रद निष्कासन तयारीमा, बोर्डसँग अनुमति लिँदै
अपर तामाकोसी जलविद्युत साढे १० अर्ब बराबरको हकप्रद निष्कासन तयारीमा, बोर्डसँग अनुमति लिँदै


काठमाडौ। अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले साढे १० अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ। यसको अनुमतिका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

Tata
GBIME

सेयर निष्कासन तथा बिक्रीका लागि बोर्डबाट अन्तिम स्वीकृति पाएपछि कम्पनीले १० अर्ब ५९ करोड बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने छ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ। अपर तामाकोसीकोको चुक्ता पुँजी १० अर्ब ५९ करोड छ। कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो। हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड पुग्ने छ।

अपर तामाकोसीले सहायक कम्पनी रोल्वालिङ जलविद्युत आयोजना निर्माणका लागि हकप्रद सेयर जारी गर्ने भएको हो।

लगानीका अनुपातमा अपर तामाकोसी हाल नाफामा छैन। पछिल्लो तथ्यांकअनुसार अपर तामाकोसीको नोक्सानी ८२ करोड ४८ लाख छ।