BIZMANDU
www.bizmandu.com

काठमाडौं उपत्यकामा वर्षाले बढायो चिसो, पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

२०७९ फागुन २४

काठमाडौं उपत्यकामा वर्षाले बढायो चिसो, पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना
काठमाडौं उपत्यकामा वर्षाले बढायो चिसो, पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौं। काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ। उपत्यकामा बुधबार बिहानदेखि सिमिसम पानी परेको हो। वर्षाका कारण चिसो बढेको छ।

Tata
GBIME
Nepal Life

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार बुधवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधवार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।