BIZMANDU
www.bizmandu.com

अर्ध-जलाशयुक्त तिला-१ को पीपीए हुँदै, सुक्खायाममा प्रतियुनिट १०.५५ रुपैयाँ पाउने

२०७९ फागुन २४

अर्ध-जलाशयुक्त तिला-१ को पीपीए हुँदै, सुक्खायाममा प्रतियुनिट १०.५५ रुपैयाँ पाउने
अर्ध-जलाशयुक्त तिला-१ को पीपीए हुँदै, सुक्खायाममा प्रतियुनिट १०.५५ रुपैयाँ पाउने

काठमाडौं। २९८.७५ मेगावाटको तिला-१ जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) हुने भएको छ।

Tata
GBIME
Nepal Life

विद्युत नियमन आयोगले सार्वजनिक सूचना निकालेर बर्खामा ४.८० रुपैयाँ प्रतियुनिट र सुक्खायाममा पिकिङ अवधिका लागि १०.५५ रुपैयाँमा पीपीए गर्न लागेको जनाएको छ। नन पिकिङ अवधिका लागि भने ८.४० रुपैयाँ तोकिएको छ।

चैत १२ गते विद्युत विकास विभागको सभा हलमा पीपीएका लागि सार्वजनिक सुनुवाइ हुँदैछ।  सरोकारवाला निकायले सुझाव दिन सक्ने सूचनामा उल्लेख छ।

यो आयोजनाले बिहान र बेलुका गरी ६ घण्टा पिकिङ ऊर्जा दिन सक्छ। आयोजनाले वार्षिक औसत १७९०.३४ मेगावाट विद्युतीय ऊर्जा उत्पादन गर्न सक्छ।

वर्षायाममा १ अर्ब १८ करोड ९७ लाख ९१ हजार ८१९ किलोवाट घण्टा विद्युत उत्पादन गर्न सक्छ। सुक्खायाममा ६० करोड ५५ लाख ५ हजार ४७४ किलोवाट घण्टा विद्युत उत्पादन क्षमता छ।

नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोगले पीपीएको अन्तिम सहमति पठाएको हो। सोही आधारमा सार्वजनिक सुनुवाइ गरेर आयोगले पीपीए गरिदिन लागेको हो। एससी पावर कम्पनी प्रालिले आयोजना निर्माण गर्न लागेको हो।

यो आयोजना अर्ध-जलाशयुक्त प्रकृतिको आयोजना हो।  विद्युत विकास विभागले आर्थिक वर्ष २०७५/७६ मा विद्युत उत्पादन अनुमति दिएको हो।

आयोजना कालिकोटको शुभ कालिका, महावु गाउँपालिका र खाडा चक्र नगरपालिकाका साबिकको पाखा, दाहा, मान्मा, मुग्रह, गेला, सुकटिया तथा भर्ता गाविसमा प्रस्ताव गरिएको छ।