BIZMANDU
www.bizmandu.com

खाद्य कम्पनीको धान खरिद लक्ष्यभन्दा निकै कम, आफ्नै सुरले बेच्न थाले किसान

२०७९ फागुन २४

खाद्य कम्पनीको धान खरिद लक्ष्यभन्दा निकै कम, आफ्नै सुरले बेच्न थाले किसान
kj{tsf] kmn]jf; gu/kflnsf–$ d'l8s'jfsf] v]tdf nxnxfpFbf]] wfg . oltj]nf wfg kmn nfUg] tof/Ldf /x]sf] 5 . o; jif{ df};d cg's'n ePsf]n] ut jif{eGbf a9L wfg pTkfbg x'g] s[lif 1fg s]Gb| kj{tn] hgfPsf] 5 . t:jL/ M nIdLk|;fb ;fksf]6f÷/f;;÷kj{t


काठमाडौं। बाँकेमा सरकारी कम्पनीेले लक्ष्यभन्दा निकै कम परिमाणमा धान खरिद गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्ज कार्यालयले २५ हजार क्वीन्टल खरिदको लक्ष्य लिएको थियो। हालसम्म नौ हजार क्वीन्टल मात्र खरिद गर्न सकेको छ।

Tata
GBIME
NLIC

धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडे। यसपछि फागुन पहिलो सातादेखि धान खरिद बन्द गरिएको खाद्यका नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए। उनका अनुसार यो वर्ष जिल्लाका ८ सय ४० किसानको मध्यम धान २० हजार क्वीन्टल र मोटो धान पाँच हजार क्वीन्टल खरिदको लक्ष्य थियो।

३ सय ४० किसानको मध्यम धान सात हजार क्वीन्टल र मोटा दुई हजार क्वीन्टल खरिद गरिएको उनले जानकारी दिए। जिल्लाका आठवटै स्थानीय तहलाई कोटा निर्धारण गरेर गत पुस ५ गतेदेखि २५ हजार क्वीन्टलको लक्ष्य राखेर खरिद सुरु गरिएको थियो।

निर्धारित समयभन्दा ढिला धान खरिद सुरु गरेकाले अधिकांश किसानले पहिला नै व्यापारीलाई बिक्री गरेको डुडुवा–४ का रामगोपाल बर्माले बताए। ‘कम्पनीले भन्दा पहिला व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरिद गर्न थालेपछि किसानले आफ्नै सुरले बिक्री गरेका हुन्,’ उनले भने।

सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ९ सय ६७ र मध्यम धानको ३ हजार १ सय २८ तोकेको थियो। जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटाअनुसार धान बिक्री गरेको र अन्य पालिकाका केही किसानले धान बिक्री गरेको कार्यालयले जनाएको छ ।