BIZMANDU
www.bizmandu.com

ओटीसी कारोबार फागुनमा बढ्यो, २८ करोडको कारोबार, कुन-कुन कम्पनीको भयो ?

२०७९ फागुन २४

ओटीसी कारोबार फागुनमा बढ्यो, २८ करोडको कारोबार, कुन-कुन कम्पनीको भयो ?
ओटीसी कारोबार फागुनमा बढ्यो, २८ करोडको कारोबार, कुन-कुन कम्पनीको भयो ?


काठमाडौ। फागुन महिनामा ओभर द काउन्टर (ओटीसी)बजारमा लगानीकर्ताको सक्रियता बढेको छ।

Tata
GBIME
NLIC

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार फागुन २१ गतेसम्म विभिन्न कम्पनीहरुको पाँच वटा कारोबार भएको छ। गत माघमा ओटीसीमा जम्मा तीनवटा मात्र कारोबार भएको थियो।

यो महिनामा शिखर अर्गनाइजेसन,स्मार्ट च्वाइज टेक्नोलोजी, कस्मिक इलेक्ट्रिकल, आकाश क्यापिटल र बेनी हाइड्रोपावरको कारोबार भएको हो। विभिन्न मूल्यमा यी कम्पनीहरुको कुल २८ करोड ४ लाख माथिको २३ लाख कित्ता सेयर किनबेच भएको हो।

फागुन १४ गते शिखर अर्गनाइजेसनको कारोबार भएको हो। सो दिन यो कम्पनीको १७३ रुपैयाँमा १ हजार कित्ता सेयर किनबेच भएको छ।

कारोबार भएका कम्पनीहरु मध्ये सबैभन्दा धेरै कारोबार बेनी हाइड्रोपावरको भएको छ। यो कम्पनीको प्रति कित्ता १०६ रुपैयाँका दरले १४ लाख ७०० कित्ता सेयर किनबेच भएको छ। सबैभन्दा कम कस्मिक इलेक्ट्रिकलको सेयर किनबेच भएको छ। यो कम्पनीको प्रति कित्ता १०० रुपैयाँका दरमा १ कित्ता सेयर कारोबार भएको हो।