BIZMANDU
www.bizmandu.com

व्यवसायिक हिसाबले मार पर्ने भएपछि हिरो एनजीएमकै हातमा, दुई वर्षलाई थप्दै

२०७९ फागुन २३

व्यवसायिक हिसाबले मार पर्ने भएपछि हिरो एनजीएमकै हातमा, दुई वर्षलाई थप्दै
व्यवसायिक हिसाबले मार पर्ने भएपछि हिरो एनजीएमकै हातमा, दुई वर्षलाई थप्दै

काठमाडौं। मुद्दामामिलाका कारण व्यवसायिक नोक्सानी हुने देखेपछि हिरो मोटोकर्पले एनजीएम(नेपाल जनरल मार्केटिङ) लाई नै आधिकारिक बिक्रेतामा निरन्तरता दिने भएको छ।

Tata
GBIME
Nepal Life

हिरोले आधिकारिक बिक्रेताबाट टर्मिनेट गरेपछि एनजीएमले काठमाडौं उच्च अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले ‘हिरो मोटोकर्पले एनजीएम ट्रेडिङसँग गरेको सम्झौता बमोजिमको व्यवसायिक कार्य गर्न अवरोध नगर्ने र सम्झौता भंग गर्ने गरी भएको पत्राचार कार्यान्वयन नगर्नु’ भनेर हिरोको नाममा आदेश जारी गरेको थियो।

यो आदेशपछि हिरोले अरु कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त तत्कालै दिन सक्ने अवस्था कम भयो। र, यो प्रक्रिया लम्बिदा नेपालमा आफ्नो ब्राण्डलाई समेत प्रभाव पार्ने देखेपछि हिरो एकाएक युटर्न भएको स्रोतको दाबी छ।

मुद्दामामिलासँगै एनजीएमले आधिकारिक बिक्रेता खोसिएमा ठूलो आर्थिक नोक्सानी भएको भन्दै दाबी गर्ने समेत अवस्था आउने देखेपछि निरन्तरता दिने पक्षमा हिरो पुगेको हो।

‘अन्तिम पटक एक मौका दिने गरी भन्दै हिरोले एनजीएमसँगको आधिकारिक बिक्रेता नविकरण गर्न लागेको हो,’ स्रोतले भन्यो, ‘यो वर्षसम्ममा एनजीएमले व्यवसायीक विस्तारमा जोड दिनु पर्ने र राम्रो परफर्मेन्स गरेर देखाउनु पर्ने शर्त राखिएको छ।’ यो सँगै एनजीएम सामाजिक संजालमा पनि एक्टिभ देखिन थालेको छ। कम्पनीले सामाजिक संजालमा रहेको एनजीएम हिरोलाई एनजीएम अटो बनाएको छ।  

स्रोतका अनुसार लफडा सुरु भएपछि ज्योति समूहका अध्यक्ष डा. रुपज्योति र हिरो मोटोर्कर्पका अध्यक्ष तथा सीइओ डा. प्रेमकान्त मुन्जालबीच पनि ‘कम्युनिकेशन’ भएको थियो।

हिरो मोटोकर्पले दुई महिना अघि व्यवसाय विस्तारमा सुस्त रहेको भन्दै थप व्यवसायिक सम्बन्ध अघि बढाउन नसक्ने जानकारी गराएको थियो। योसँगै रुपज्योतिले मुन्जलसँग भेट्न चाहेका थिए। तर हिरोका उच्च तहका कर्मचारीले ज्योति र मुन्जलबीच भेटघाटमा अवरोध गरेका थिए। ज्योति र मुन्जलबीच निकट सम्वन्ध थियो। झण्डै ४० वर्षको व्यवसायिक सम्वन्धकै कारण उनीहरुबीच निकटता भएपनि पछिल्लो समय पनि भेटघाट र कम्युनिकेसन समेत बन्द थियो। हिरोले एनजीएमलाई आधिकारिक बिक्रेता टर्मिनेट गरेपछि अरु ठूला व्यवसायिक घराना हिरो लिने प्रतिस्पर्धामा थिए।

नेपालका ठूला व्यवसायिक घरानाले हिरोको आधिकारिक बिक्रेता लिन प्रतिस्पर्धामा छन्।

बिक्रेता लिन हुण्डाई गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल, मारुती सुजुकी बेच्दै आएको सीजी होल्डिङ, टाटा गाडीको बिक्रेता सिप्रदी ट्रेडिङ र फोर्ड गाडी बिक्री गर्दै आएको गोफोर्डले बिक्रेता आवेदन दिएका थिए।

स्रोतका अनुसार सबै कम्पनीले आफ्नो स्ट्रेन्थ र व्यवसायिक योजना पेस गरेका थिए।

एसेम्ब्ली प्लान्ट लगाएपछि एनजीएम र हिरो मोटोकर्पबीच लफडा सुरु भएको थियो। एनजीएम र हिरोबीच एसेम्ब्ली प्लान्टका लागि राज्यले दिएको करको सहुलियतको हिस्सामा विवाद सुरु भएको थियो।

सरकारले एसेम्ब्ली प्लान्टमा सवारीसाधन उत्पादन वा एसेम्बल गर्न ल्याइने पाटपुर्जा तथा कच्चा पदार्थको आयातमा उद्योग विभागको सिफारिसमा ५० प्रतिशत अन्त:शुल्क छुट तथा भन्सार महसुलमा २५ प्रतिशत छुट दिने व्यवस्था छ।

हिरोले राज्यले दिएको यो सहुलियतको ८० प्रतिशत आफूलाई दिनुपर्ने सर्त अगाडि सारेको थियो। हिरोको यो सर्त मान्न एनजीएम तयार भएन। एनजीएमले एसेम्ब्ली प्लान्ट लगाउन जग्गा, मेसिनरी, कर्मचारी लगायत गर्दा ठूलो लगानी चाहिने भएकाले राज्यले दिएको राजस्वको सहुलियत दिन नसक्ने अडान राखेको थियो।