BIZMANDU
www.bizmandu.com

बैंक तथा वित्तीय संस्थामा थप सुरक्षा दिन गृहको निर्देशन, प्रशासनले सुरक्षा र निगरानी बढायो

२०७९ फागुन २३

बैंक तथा वित्तीय संस्थामा थप सुरक्षा दिन गृहको निर्देशन, प्रशासनले सुरक्षा र निगरानी बढायो
बैंक तथा वित्तीय संस्थामा थप सुरक्षा दिन गृहको निर्देशन, प्रशासनले सुरक्षा र निगरानी बढायो

 काठमाडौं। पछिल्लो केही समयदेखि बैंक तथा वित्तीय संस्थाको जोडेर विभिन्न अभिव्यक्तिहरू आएपछि सुरक्षा व्यवस्था कडा बनाएको छ।

Tata
GBIME
Nepal Life

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो।

देशभरका ७७ वटा जिल्लामा नै परिपत्र जारी गरिएको गृहमन्त्रालयलका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले बताए। ‘बैंक वित्तीय संस्था लघुवित्त लगायतमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छौँ। त्यही अनुसार उहाँहरूले सुरक्षा मिलाउनु भएको छ,’ सहसचिव बस्नेतले भने।

फागुन १ गते झापामा आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंले खुलेआम लघुवित्त र बैंकका कर्मचारीलाई कालो मोसो दल्न उक्साहट गर्ने अभिव्यक्ति दिएका थिए।

त्यस लगतै प्रसाईंको उक्साहटपछि जाजरकोटमा किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि कालो मोसो दलेर पैसा समेत लुटिएको घटना बाहिरिएको थियो। त्यसपछि गृह मन्त्रालयले प्रसाईंको अभिव्यक्तिपछि सबै जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई पत्राचार गरेर सुरक्षा निकायलाई अलर्ट राख्न निर्देशन दिएको थियो।

त्यस्तै केही दिन अघि गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाको सुरक्षा मिलाउन तथा निगरानी गर्न समेत निर्देशन दिएको छ। दुर्गा प्रसाईँको अभिव्यक्ति मुलुकी अपराध संहिताको परिच्छेद २ मा सार्वजनिक शान्ति विरुद्धको कसुर आकर्षित हुने गर्छ।

यस्तो कसुरको परिच्छेद २ मा झुट्टा अफवाह फैलाउन नहुने भनेर उल्लेख गरिएको छ। ‘कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफवाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन।’

तर अहिलेसम्म कुनै पनि संस्था वा व्यक्तिबाट प्रसाईंको अभियुक्त विरुद्ध उजुरबाजुर भएको छैन। जसले गर्दा प्रहरी प्रशासन पनि प्रसाईंको अभियानले अराजकता नदिएसम्म कुनै कारबाही गर्ने सुरमा छैन।

‘उहाँहरूले कार्यक्रम गर्नुहुन्छ। जबसम्म निषेधाज्ञा र अराजक गतिविधि गर्नु हुन्न हामीले केही गर्न मिल्दैन। शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न पाउनु हुन्छ,’ एक उच्च प्रहरी अधिकृतले भने।

काठमाडौं उपत्यकाभित्र अन्य जिल्लाको तुलनामा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाहरु छन्। गृह मन्त्रालयको पत्राचारपछि यस्ता क्षेत्रमा साबिक भन्दा बढी निगरानी बढाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायले भने।

‘गृहको पत्रपछि थप सतर्कता र निगरानी बढाएका छौं,’ सिडिओ उपाध्यायले भने।