BIZMANDU
www.bizmandu.com

जीपले ल्यायो अहिले ३०% डाउन पेमेन्टमा गाडी किनेर ६ महिनापछि किस्ता तिर्दै जाने योजना

२०७९ फागुन २३

जीपले ल्यायो अहिले ३०% डाउन पेमेन्टमा गाडी किनेर ६ महिनापछि किस्ता तिर्दै जाने योजना
जीपले ल्यायो अहिले ३०% डाउन पेमेन्टमा गाडी किनेर ६ महिनापछि किस्ता तिर्दै जाने योजना

काठमाडौं। जीप नेपालले हाल ३० प्रतिशतमात्र डाउन पेमेन्टमा गाडी खरिद गरेको ६ महिनापछि किस्ता तिर्दा हुने योजना ल्याएको छ।

Tata
GBIME
NLIC

जीप गाडीको आधिकारिक बिक्रेता एमएडब्ल्यु अन्तर्गतको लाइफ अटोमोबाइलले यस्तो योजना ल्याएको हो।

एमएडब्लू लाइफका मार्केटिङ हेड रमेश दनेखुका अनुसार अहिले जुन गाडी खरिद गर्दा पनि ३० प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्छ।

‘त्यसपछि ग्राहकहरुले ६ महिनासम्म कुनै किस्ता तिर्नु पर्दैन,’ उनले भने, ‘६ महिनापछि मात्र किस्ता तिर्ने समय सुरु हुनेछ। त्यो समयसम्म ग्राहकलाई कुनै प्रकारको झन्झट हुँदैन।’

उनका अनुसार यसका लागि कम्पनीको एमएडब्ल्यु इनभेष्टमेन्ट प्रालिले फाइनान्सिङ गर्छ। यो एमएडब्ल्यु अन्तर्गतको फाइनान्सिङ कम्पनी हो। यसै कम्पनीसँगको सहकार्यमा यस्तो अफर योजना ल्याइएको उनले बताए।

कम्पनीले अहिले १५.३५ प्रतिशत ब्याजदर कायम गरेको छ। यस्तै अहिले जीपको कम्पासको स्पोर्ट मोडल किन्न चाहने ग्राहकहरुले अहिले ३१ लाख ४७ हजार रुपैयाँ मात्र बुझाए पुग्छ।

कम्पनीले कम्पासको मूल्य १ करोड १९ लाखदेखि १ करोड ५३ लाख रुपैयाँ तोकेको छ। यस्तै जीप र्याङ्गलरको मूल्य २ करोड ८८ लाखदेखि २ करोड ९९ लाख रुपैयाँ तोकिएको छ। यसको ३ वटा भेरियन्ट उपलब्ध छन्।

यसैगरी, ल्याडिएटर ओभरल्यान्डको मूल्य २ करोड ३८ लाख रुपैयाँ छ। कम्पनीले न्यु जीप मेरिडियन लिमिटेड एडिसन पनि नेपाल भित्र्याएको छ। यसको मूल्य १ करोड ८० लाख ९० हजार रुपैयाँ कायम गरिएको छ। यसलाई अहिले टेष्ट ड्राइभको लागि राखिएको छ। कम्पनीले केही दिनमा उक्त गाडी सार्वजनिक गर्ने गरी तयारी थालेको जनाएको छ।