BIZMANDU
www.bizmandu.com

टेस्लाले गाडी बिक्रीदर बढाउन फेरि मूल्य घटायो, ५० प्रतिशतले बिक्री बढाउने लक्ष्य

२०७९ फागुन २३

टेस्लाले गाडी बिक्रीदर बढाउन फेरि मूल्य घटायो, ५० प्रतिशतले बिक्री बढाउने लक्ष्य
टेस्लाले गाडी बिक्रीदर बढाउन फेरि मूल्य घटायो, ५० प्रतिशतले बिक्री बढाउने लक्ष्य

काठमाडौं। अमेरिकी विद्युतीय गाडी निर्मता टेस्लाले गाडी बिक्रीदर बढाउन फेरि मूल्य घटाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले बिक्री बढाउन र प्रतिद्वन्द्वी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने प्रयासमा मूल्य घटाइएको जनाएको छ। बजार र मोडेलको आधारमा धेरै हजार पाउन्डको मूल्य घटाइएको छ। हालका दिनहरूमा युके, अमेरिका र अन्य ठाउँमा कम्पनीको वेबसाइटमा बिक्रीको लागि नयाँ मूल्यसूची राखिएको छ।

कम्पनीले यसअघिको तुलनामा २० प्रतिशत मूल्य घटाएको छ। कम्पनीले आफ्नो सन् २०२२ लाई वार्षिक रूपमा ५० प्रतिशतले डेलिभरी बढाउने लक्ष्य पक्ष्याउन सकेको थिएन। यसो गर्न नसक्नु आपूर्तिमा समस्या र कमजोर अर्थतन्त्रलाई कम्पनीले दोष लगाएको थियो। यसैका कारण गत वर्ष चिनियाँ विद्युतीय गाडी निर्मता बिवाइडीले टेस्लालाई उछिनेको थियो।

तर टेस्लाका मालिक एलन मस्कले भने यो हालै गरिएको मूल्य कटौतीले माग बढाउन काम गर्ने बताएका छन्।

‘टेस्ला गाडी खरिद गर्ने मानिसहरुको जमात धेरै ठुलो छ। तर हाम्रो मूल्य र सप्लाईमा भएको समस्याका कारण हाम्रो बिक्रीदर घटेको हो,’ मस्कले भने, ‘त्यसैले टेस्लाले आफ्नो गाडीहरुको मूल्य घटाउने निर्णय गरेको हो।’

एक रिपोर्टका अनुसार टेस्लाले हालसम्म पाँचौं पटक मूल्य घटाएको छ। तर टेस्लाले पछि केही देशहरूमा केही मोडेलहरूको भने मूल्यहरू बढाएको पनि छ।

युरोप र युकेमा रहेको टेस्लाको वेबसाइटमा सूचीबद्ध गरिएको मुल्य मोडेल ३ सेडान र मोडेल वाई मा लागू हुन्छन्। उदाहरणका लागि, मोडेल ३ संस्करणहरूको लागत यसअघि ६० हजार ९० पाउन्ड थियो। तर अहिले त्यो मूल्य घटाएर ५६ हजार ५४० पाउन्ड मूल्य निर्धारण गरिएको छ।

इलेक्ट्रिक कार बजारमा टेस्लाको नेतृत्वलाई फोर्ड र जनरल मोटर्स जस्ता परम्परागत मोटर उत्पादक कम्पनीहरूका साथै अमेरिकाको रिभियन र लुसिड र चीनको बवाइडी र निओ जस्ता बजारमा नयाँ प्रवेशकर्ताहरूबाट बढेको प्रतिस्पर्धाले पनि चुनौती दिएको छ।