BIZMANDU
www.bizmandu.com

होलीमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का ल्यायो, ५ पटक डिस्टिल गरी तयार

२०७९ फागुन २१

होलीमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का ल्यायो, ५ पटक डिस्टिल गरी तयार
होलीमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का ल्यायो, ५ पटक डिस्टिल गरी तयार


काठमाडौं। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ ।

Tata
GBIME
NLIC

सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का, गुणस्तर र स्वादको लागि नयाँ स्टान्डर्ड सेट गरेको भोड्काका रुपमा परिचित छ। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रिमियम भोड्काका रुपमा यसलाई नेपालमा उत्पादन गरेको हो।  

कम्पनीका अनुसार यो भोड्का पाँचपटक डिस्टिल गरी तयार गरिएको हो।  स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मूथ रिफ्रेसिंग टेस्ट भएको कम्पनीले जानकारी दिएको छ। यो भोड्का निट वा ककटेलसँग पिउँदा उत्कृष्ट स्वाद आउने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

स्काई भोड्का कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।