BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्य फेरि बलियो बन्दै, सुन तोलामा ३०० र चाँदी १० रुपैयाँ वृद्धि

२०७९ फागुन २१

सुनचाँदीको मूल्य फेरि बलियो बन्दै, सुन तोलामा ३०० र चाँदी १० रुपैयाँ वृद्धि
सुनचाँदीको मूल्य फेरि बलियो बन्दै, सुन तोलामा ३०० र चाँदी १० रुपैयाँ वृद्धि

काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ। ३ सय रुपैयाँ बढ्दै आइतबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ छ।

Tata
GBIME

अघिल्लो दिनका तुलनामा १०० रुपैयाँ घट्दा गत शुक्रबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आइतबार प्रतितोला १२ सय ७५ रुपैयाँ भएको छ। अघिल्लो दिनभन्दा ५ रुपैयाँ घट्दा गत शुक्रवार प्रतितोला १२ सय ६५ रुपैयाँमा आइपुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य बढ्दै प्रतिऔंस १८५५.३७ डलर पुगेको छ। गत शुक्रवार १८३८.६३ डलर थियो। चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार २१ डलरमा कारोबार भएको चाँदी आइतबार प्रतिऔंस २१.२६ डलर छ।