BIZMANDU
www.bizmandu.com

अर्थतन्त्रको समस्या समाधान गर्न प्रधानमन्त्रीले वृहत् छलफल गर्दै, लाग्यो गुनासोको चाङ

२०७९ फागुन २१

अर्थतन्त्रको समस्या समाधान गर्न प्रधानमन्त्रीले वृहत् छलफल गर्दै, लाग्यो गुनासोको चाङ
अर्थतन्त्रको समस्या समाधान गर्न प्रधानमन्त्रीले वृहत् छलफल गर्दै, लाग्यो गुनासोको चाङ


काठमाडौं। अर्थतन्त्रमा अनेकौं समस्या देखिएको गुनासो आउन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार सरोकारवालाहरुलाई छलफलमा डाकेका छन्।

Tata
GBIME
Nepal Life

अर्थ मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स संघलगायत दर्जन जति संस्थाका प्रमुखलाई बैठकमा डाकेका हुन्।

प्रधानमन्त्रीले सिंहदरबारस्थित कार्यालयमा साढे १२ बजेदेखि छलफल गर्ने कार्यक्रम छ।

बजारमा बैंक ब्याजदर महँगो भएको, बैंकले ऋण नदिएको, सरकारले खर्च नगरेको, आन्तरिक स्रोत परिचालनमा समस्या आएको, निर्माण व्यवसायीले पैसा नपाएको जस्ता गुनासो बढेको छ।

सरकार राष्ट्रपति निर्वाचनमा केन्द्रित हुँदा समस्या झनै झांगिएको छ। यी सबै गुनासाका बारेमा छलफल गर्न प्रधानमन्त्री दाहाल नै अग्रसर भएका हुन्।

आफ्नो नियुक्तिलगत्तै पहिलो बैठकबाट अर्थतन्त्रलाई केन्द्रमा राखेर निर्णय गरेको भन्दै भाषण गर्दै आएपनि दाहालले अर्थतन्त्रको समस्या समाधान गर्न पछिल्ला दिन ध्यान दिन छाडेका छन्। यहीबीच उनले सरोकारवालालाई छलफलमा डाकेका हुन्।