BIZMANDU
www.bizmandu.com

आरएमडीसी लघुवित्तद्वारा लाभांश प्रस्तावसहित सभा आह्‍वान, कसले पाउँछन् २६% बोनस

२०७९ फागुन १९

आरएमडीसी लघुवित्तद्वारा लाभांश प्रस्तावसहित सभा आह्‍वान, कसले पाउँछन् २६% बोनस
आरएमडीसी लघुवित्तद्वारा लाभांश प्रस्तावसहित सभा आह्‍वान, कसले पाउँछन् २६% बोनस


काठमाडौं। आरएमडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्‍वान गरेको छ।

Tata
GBIME
Nepal Life

लघुवित्तको फागुन १८ गते बसेको संचालक समितिको बैठकले २४औं वार्षिक साधारण सभा आगामी चैत १० गतेका लागि आह्‍वान गरेको हो ।

सभा काठमाडौंको कालिकास्थान अमृतभोगमा बिहान ११ बजेबाट हुनेछ। सभामा गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पुँजीको २६ प्रतिशतले हुन आउने ३२ करोड २६ लाख ७७ हजार बराबरको बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गरिने छ।

सभाबाटै लघुवित्तले १.३६ प्रतिशतले हुन आउने १ करोड ६९ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिने छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले चैत १ गते बुक क्लोज मिति तोकेको छ। तसर्थ उक्त दिन भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन्।