BIZMANDU
www.bizmandu.com

सिभिल इन्जिनियरिङ पढेकालाई जागिरको मौका, काठमाडौं-तराई फास्टट्रयाकले माग्यो २४ इन्जिनियर

२०७९ फागुन १९

सिभिल इन्जिनियरिङ पढेकालाई जागिरको मौका, काठमाडौं-तराई फास्टट्रयाकले माग्यो २४ इन्जिनियर
सिभिल इन्जिनियरिङ पढेकालाई जागिरको मौका, काठमाडौं-तराई फास्टट्रयाकले माग्यो २४ इन्जिनियर

काठमाडौं। काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाले २४ जना सिभिल इन्जिनियर मागेको छ। आयोजनाले शुक्रबार सूचना जारी गर्दै सिभिलतर्फका १२ जना इन्जिनियर र १२ सवइन्जिनियरको भर्ना खुलाएको हो।

Tata
GBIME
Nepal Life

आयोजनाले २४ जनालाई करारमा लिने भएको छ। आवेदन दिन इच्छुक योग्यता पुगेकाहरुले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन दिनुसक्ने जनाइएको छ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्नेछ।

हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटोसहित लिखित निवेदन १० रुपैयाँको टिकट टाँस गरी नेपाली फाइलमा सिलबन्दी गरेर आफैंले आयोजना कार्यालयमा बुझाउनु पर्ने सूचनामा उल्लेख छ।

आवेदक मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण भई नेपाल ईन्जिनियरिङ काउन्सिलमा दर्ता भएको हुनुपर्ने मापदण्ड तोकिएको छ।

साथै सम्बन्धित विषयको कम्तीमा ८ वर्षको अनुभव भई ५ वर्ष रोड, ब्रिज, टनेलमा काम गरेको हुनुपर्ने आयोजनाले जनाएको छ।